नारायण तिमिल्सीना र बसन्ती खासुको पञ्चेबाजा गित जाम भो सानु.. सार्बजनिक - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नारायण तिमिल्सीना र बसन्ती खासुको पञ्चेबाजा गित जाम भो सानु.. सार्बजनिक



बुटवल, २४ कार्तिक । स्वाभीमानी क्रियशनको प्रस्तुतिमा नारायण तिमिल्सीना र बसन्ती खासुको संयुक्त पञ्चेबाजा गित जाम भो सानु बोलको गित एक कार्यक्रमको आयोजना गरी बिमोचन गरिएको छ ।
शुक्रबार बुटवलमा एक कार्यक्रमको आयोजना गदै नव गाएक नारायण तिमिल्सीनाले आफ्नो यो पहिलो कोसेली भएको बताउँदै यो गितले सांगीतिक जिवनको निर्धारण गर्ने हुँदा सबैलाई सहयोगको लागी आवहन समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खेम बहादुर हमालले बोल्दै यो क्षेत्रका कलाकारहरुको स्थायीत्वको लागी आफुले सहयोग गर्ने बताए ।
गितमा नारायण तिमिल्सीना र बसन्ती खासुको स्वर रहेको छ भने म्युजिक भिडियोमा सुमित्रा कार्कि र मिन बहादुर कार्किको मुख्य भुमिका रहेको छ भने किसोर थापा र बसन्ती खासु र पुजारीको रुपमा बाबुराम घिमिरेको अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्देशन लोकेन्द्र शाहले गरेका छन् ।
स्वाभीमानी क्रियशनका प्रबन्ध निर्देशक राजु महत्राको अध्यक्षतामा भएको कार्यक्रममा नारायण तिमिल्सीना, निर्देशक शाह , पत्रकारहरु कपिल ज्ञवाली, कृष्ण खनाल लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन शुमन श्रेष्ठले गरेका थिए ।