राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल कतार शाखाको अधिवेशन मार्चमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल कतार शाखाको अधिवेशन मार्चमा



तिलु शर्मा पौडेल /दोहा कतार

बहुजाति, बहुभाषी तथा बिबिध सांस्कृतीक परम्परा भएको मुलक नेपालको राष्ट्रीय पहिचानको प्रतिनिधित्व गर्ने साँस्कृतिक धरोहरको रुपमा रहेको “लोक तथा दोहोरी गीत” लाइ ब्यबस्थित एबं मर्यादित गराउदै नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिकपनलाई जोगाउन तथा दुख,पिडा,हर्ष तथा आशुको अभिव्यक्तिको शसक्तमाध्यम बनेको “लोक तथा दोहोरी गीतको” मर्मलाइ जीवित राख्न लोकदोहोरिसंग आबद्ध सम्पूर्ण कलाकार तथा सुभेच्छुकहरुको एकजुटतामा २०५८ सालमा सामाजिक सस्थाको रुपमा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अस्तित्वमा रहिआएको छ ।

नेपालमा स्थापना भएको उक्त संस्थाको पछिल्लो संसोधित विधान अनुसार स्थापित शाखा कतारको तदर्थ समितिले कतारमा रहेका विभिन्न नेपाली संघसंगठन तथा पत्रकारहरु सङ्ग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कतारको सलुवारोड स्थित ग्रिन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको संघसस्था तथा पत्रकार भेटघाट कार्यक्रमको सभापतित्व राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपाल शाखा कतारका तदर्थ समिति उपसंयोजक शक्ति क्षेत्रीले गरेका थिए।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका मानर्थ सदस्य तथा कतार शाखाकी सल्लाहकार ईश्वर काफ्ले को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । स्वागत मन्तब्य तथा ब्यानर अनावरण संगै अघि बढेको उक्त कार्यक्रममा बिशेश अतिथिमा प्रतिष्ठान शाखा कतारका संयोजक कृष्ण बराल, रास्ट्रीय लोक तथा दोहोरी गायिका तथा प्रतिस्ठान शाखा कतार कि सल्लाहकार देबिका केशी ( गुरुङ), लगायत विभिन्न सामाजिक,साँस्कृति, साहित्यिक तथा बिभिन्न राजनीतिक दलका सस्था प्रमुख, ब्यबसायी समाजसेबी तथा पत्रकारहरुकको बाक्लो रुपमा बिशेष उपस्थिति रहेको थियो l उक्त कार्यक्रममा सस्थाकि सल्लाहकार देविका केसीले लोक गित सङ्गीत र सस्थाका बारेमा आफना अनुभब सहित सस्था स्थापनाको उदेश्य माथि प्रकास पार्नु भएको थियो ।

“हाम्रो अभियान ,लोक सस्कृतिको संरक्षण ,श्रष्ठाको सम्मान र नवप्रतिभा लाई प्रोत्साहन” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारमा श्रम संघर्ष गर्दै नेपाली कला सस्कृतिको उत्थान का निम्ति आफ्ना विभिन्न माध्यमबाट नेपाली लोक तथा दोहोरीको जगेर्ना गर्दै आएका कलाकार एक जुट भए र प्रतिष्ठानमा एकतावद्द हुने प्रक्रियामा जुटेका हुन संचालन सस्थाका सचिव मोहन शाहले गरेका थिए।