१७ औँ लिस्नु कप ःराधाकृष्णलाई पन्छाउंदै वालिङ सेमिफाइनलमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

१७ औँ लिस्नु कप ःराधाकृष्णलाई पन्छाउंदै वालिङ सेमिफाइनलमा



बुटवल, २२ भदौ ।  १७ औँ लिस्नु कप  नकआउट फुटवल  प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा बिहीबार वालिङ नगरपालिका स्याङजा विजयी हुंदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पशुपति उच्च मावि कोटिहवाको मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा वालिङ राधाकृष्ण फुटबल क्लब बुटवलविरुद्ध  २–१ गोल अन्तरले विजयी भएको हो ।

वालिङलाई जित दिलाउन निरजले पहिलो हाफको २२ औं मिनेटमा र अजिददिन मियाले २७ औं मिनेटमा एक एक गोल गरेका थिए । राधाकृष्णका तर्फबाट एक मात्र गोल प्रविनले पहिलो हाफको २५ औं मिनेटमा गरेका थिए । अब वालिङले फाइनल प्रवेशका लागि सुपौली फुटबल क्लब सुपौली रुपन्देहीसंग भदौ २४ गते खेल्ने छ ।

बिहीबारको खेलमा वालिङका टिम क्याप्टेन लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए । शुक्रबारको पहिलो सेमिफाइनल खेल डिवाईसी कोटहीमाई रुपन्देही र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपलबीच हुने आयोजक लिस्नु युवा क्लबका सहसचिव मनोज क्षेत्रीले जानकारी दिए ।

भदौ २६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही, नवलपरासी,स्याङजा जिल्लाका गरी १६ वटा टिमको सहभागिता  रहेको छ । प्रतियोगिताको उपाधि विजेताले  २ लाख, उपविजेताले  १ लाख र सेमिफाइनलमा पुग्ने २ टिमले सान्त्वना पुरस्कार २५–२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।