लिलामणि पौडेल अब अख्तियार प्रमुख बन्ने ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लिलामणि पौडेल अब अख्तियार प्रमुख बन्ने !



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेतृत्व परिवर्तन हुने भएको छ । सरकारले आयोगमा नयाँ नेतृत्व ल्याउने तयारी गरिरहेको छ ।

कार्यवाहक प्रमुख आयुक्त नविनकुमार घिमिरेलाई नै प्रमुख आयुक्त नियुक्त गर्ने पूर्व तयारीमा संशोधन गर्दै हाल चीनका लागि राजदूत लिलामणि पौडेललाई अख्तियार प्रमुख नियुक्त गर्ने आन्तरिक तयारी भइरहेको नेकपाका एक नेताले बताएको छन्।

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा निस्कनु केही अघिसम्म घिमिरेलाई नै अख्तियार प्रमुख बनाउने मनस्थिति बनाएका थिए भने प्रचण्ड र अन्य केही नेताले पौडेललाई प्रमुख बनाउनु पर्ने दबाब दिएको बुझिएको छ । यससँगै ओलीले अचानक राजदूत पौडेलको नाममा परामर्श गरेका छन् ।

पूर्व एमालेका केही नेताहरू पनि पूर्व मुख्यसचिब पौडेललाई अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्नुपर्ने लाइनमा देखिएकोले ओलीले यस्तो निर्णय लिन लागेका हुन् ।

आफ्नो कार्यकालमा निकै सन्तुलन बनाएका र सबैका प्रिय बनेका पौडेललाई प्रमुख आयुक्त बनाउने भएपछि नेकपाका केही खेमामा भने असन्तुष्टि देखिएको छ ।