एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने सर्वोच्चको आदेश - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने सर्वोच्चको आदेश



जेठ १७,काठमाडौं ।

केही समय देखी चर्चामा रहेको एलइडी बल्ब खरिद प्रक्रियामाथी परेको रीटको सुनुवाई भएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने आदेश सुनाएको हो ।

न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको इजलासले नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिदको प्रक्रिया अघि बढाउन सक्ने ठहर गरेपछि एलइडी बल्ब खरिद प्रक्रिया सुचारु हुने भएको छ ।

अधिवक्ता नारायण चौलागाईले प्राधिकरणले २ करोड थान बल्ब खरिद गर्ने निर्णयको बिरोधमा रिट दायर गरेका थिए । रिट दायर भएपनि सरकारले अन्तरिम आदेश तत्काल जारी नगर्न भनेको थियो भने अन्तरिम आदेश किन जारी गर्नु नपर्ने भन्दै गत जेठ ५ गते सर्वोच्चले सरकारसँग लिखित जवाफ मागेको थियो ।