लम्कीचुहा नगर स्तरीय बाल संजालको अध्यक्षमा : देबकोटा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

लम्कीचुहा नगर स्तरीय बाल संजालको अध्यक्षमा : देबकोटा



गोविन्द बीसी/ बौनिया,कैैैलाली ।

लम्कीचुहा नगरपालिका वडा नम्बर-१ लम्कीमा शनिबार नगरपालिका स्तरीय बाल संजालको पुनर्गठन तथा बाल अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

लम्कीचुहा नगरपालिकाको आयोजना र नगर बाल संजाल लम्कीचुहाका अध्यक्ष हेमा रिमालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा रहनु भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख थापाले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागी लम्कीचुहा नगरपालिका प्रयासरत रहेको बताउनु भयो ।
बालबालिकाले ल्याएका योजनाहरुलाई नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्दै आफना अधिकार का लागि बालबालिका आफैले पनि आवाज उठाउनु पर्ने उपप्रमुख थापाले बताउनु भयो ।

लम्कीचुहा नगरपालिकाका १० वटै वडाका वडा स्तरीय बाल संजालका पदाधिकारी तथा बालबालिकाहरुको उपस्थितिमा भएको कार्यक्रमले यशोदा देबकोटाको अध्यक्षतामा १३ सदस्यीय नगरपालिका स्तरीय बाल संजालको पुनर्गठन समेत गरिएको छ ।

नवगठित नगर बाल संजालको उपाध्यक्षमा रोहन तिमिल्सैना र भुपेन्द्र शाही, सचिवमा रेखा खड्का , कोषाध्यक्षमा मदन बिष्ट , सह सचिवमा कमल बि. क. र सह कोषाध्यक्षमा सुन्दर सिंह रहेका छन ।

त्यसैगरी नगर बाल संजालको सदस्यमा सरिता खनाल , कमल तिमिल्सैना, गणेश देबकोटा, सुवास चौधरी , शान्ति तिमिल्सैना र बाबुराम भट्टराई रहेको लम्कीचुहा नगरपालिकाका वडा सचिव मनिराम खनालले बताउनु भएको छ ।

कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष माया बिष्ट , वडा नम्बर ९ का वडा अध्यक्ष रामप्रसाद चौधरी , वडा नम्बर ७ का वडा अध्यक्ष हरिराम चौधरीले मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाका अध्यक्ष मोतिप्रसाद उपाध्याय , सचिव रंगप्रसाद तिमिल्सैना , नेपाल पत्रकार महासंघ कैलालीका सदस्य देवानन्द न्यौपाने , बालबालिकाका तर्फबाट गणेश देबकोटा, यशोदा देबकोटा लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमलाई लम्कीचुहा नगरपालिकाका वडा सचिव मनिराम खनाल र नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिती लम्कीचुहाका सचिव रंगप्रसाद तिमिल्सैनाले सहजीकरण गर्नु भएको थियो ।