ललितपुर क्षेत्र नं. ३ मा पम्फा भुसाललाई भोट दिने आधारहरु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ललितपुर क्षेत्र नं. ३ मा पम्फा भुसाललाई भोट दिने आधारहरु



शान्त थापा, बागडोल

सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधानलाई कार्यान्वयन तथा समृद्ध नेपाल निर्माण गर्न भएको जनप्रतिनिधिहरुको निर्वाचन मङ्सिर १० गते ३२ जिल्लामा सम्पन्न भएकोछ। आगामी २१ गते बाकी ४७ जिल्लाहरूमा हुँदैछ।

सात दशक लामो नेपाली जनताको निरन्तर सङ्घर्ष लाखौको बलिदान दश बर्से महान् जनयुद्ध ६२/६३ सालको शस्त्र जनान्दोलन, बृहत् शान्तिसम्झौता, धेरै नेता कार्यक्रता र त्याग, तपस्या र अठोटबाट प्राप्त भएको सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माण भएको छ नेपाली जनताको अभिमतबाट निर्वाचित जन प्रतिनिधिहरू द्वारा निर्माण गरिएको सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधानले व्यवस्था गरेका जनताका हक अधिकारहरूलाई कार्यान्वयन गर्नु आजको आवश्यकता भएको छ।

मुलुकमा रहेको २४० पुरानो जहानिया निरङ्कुश शामन्ति राजतन्त्रको अन्त्य पछि नेपाली जनताको सङ्घीय गणतन्त्र नेपालको संविधानको निर्माण सँगै एक कालखण्डको राजनीतिक अधिकार प्राप्तिको लडाई समाप्त भएको छ। नेपाली जनताका हक अधिकारहरूलाई सुनिश्चित र मुलुकलाई समृद्ध नेपाल निर्माण गर्ने लडाई निरन्तर चलिरहने छ।

नेपाली जनताका नैसर्गिक अधिकारहरू प्राप्तिको लागि गरिएको दश बर्से महान् जनयुद्ध,सङ्घर्ष,बलिदान,त्याग र समर्पण सम्पूर्ण नेपाली जनताको साँझा प्रयास भएकोले कसैको व्यक्तिगत विचार भन्दा माथि देश र जनता रहेको सम्झने महान् नेता मानिन्छन। तिनै एक महान् महिला नेतृ पम्फा भुसाल हुनुहुन्छ। नेपाली जनताको हक,हित र अधिकारको लागी पुरै जीवन त्याग,तपस्या र समर्पण मात्र नभई १० बर्से शस्त्र महान् जनयुद्धमा ठुलो भूमिका निर्वाह गर्दै धेरै जिम्मेवारी पुरा गर्नुभएको छ।

बाम गठबन्धनबाट हामी सबैको साझा उम्मेदवार तथा माओ वादी केन्द्रको प्रवक्ता समेत रहनु भएकी शीर्ष नेतृत्व हाम्रो ललित पुर् क्षेत्र नं. ३ बाट सङ्घीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधि सभाको उम्मेदवार हुनु भएको छ। वहाको उम्मेदवारीका साथमा समाज सुधारक, सबैलाई गुणस्तरिय शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकास,यातायात लगायत धेरै प्रतिबद्धता लिएर निर्वाचनमा आउनु भएको छ। हामी मतदातले पार्टी र उम्मेद्वारलाई मूल्याङ्कन गरेर आफ्नो बहुमुल्य अभिमत दिने गर्दछौ। अब हामीले यसरी मुल्यंकन गर्न सजिलो हुन्छ।

पर्यटकीय सहर ललितपुरलाई मुलुकको कला संस्कृतिको राजधानी बनाउन बौदिक,सब्बल,योग्य, सक्षम नेतृत्वको खोजी गरिरहेको छ। नेपालको कला संस्कृतिमा ललित कलाले देश विदेशमा आफ्नो गहिरो परिचय स्थापना गरेको ललितपुरले नेपालको राजनीतिमा शीर्ष नेतृत्वलाई क्षेत्र नं ३ को जिम्मेवारी सुम्पनु पर्दछ। प्रतिनिधि सभामा उपस्थिति भएर एस मेनको भूमिका निर्वाह निभाउने ताली मात्र बजाउने व्यक्तिले कला र संस्कृति तथा राष्ट्रिय संपदाको राजधानी ललितपुरको संरक्षण सम्बर्धन र समृद्धको विकास गर्न सक्दैन भन्ने जलन्त प्रमाण हामी सँग गत ४ वर्षको तितो अनुभव छ।

ललितपुर देशको राजधानीको जिल्ला भए पनि यहाको नेतृत्व सधैँ ओजेलमा पर्ने गरेको छ। तर यस पाली हामी ललितपुर क्षेत्र नं. ३का जनताले मुलुकको केन्द्रीय राजनीति नेतृत्वसित जोड्ने गरी शीर्ष नेतृ माओ वादी केन्द्रकी प्रवक्ता पम्फा भुसाललाई प्रतिनिधि सभाको उम्मेद्वारको रूपमा पाएका छौ। हामी अति नै भाग्यमानी भएको महसुस गरेका छौ। ललितपुरका हामी सम्पूर्ण मतदाताहरुले बिना संकोच दायाँ बाया नहेरी आदरणीय पम्फा भुसाल दिदीलाई गोलाकार चिन्हको हसिया हतौडामा छाप लगाई अत्याधिक मतले विजय बनाउन हाम्रो दायित्व हुन्छ। हामीले आगामी ५ वर्षको लागी राम्रो नेता, पढेलेखेको विद्धान, जनप्रिय, सक्षम,योग्य शीर्ष नेतृत्वलाई ललितपुर क्षेत्र नं. ३ को जिम्मेवारी सुम्पिनु पर्दछ।

एक अतिसाधरण किसान परिवारमा जन्मेर पनि पुल्चोक ईञ्जिनेरिङ्ग क्याम्पसबाट आर्किटेकमा डिप्लोमा,शिक्षा शास्त्र र व्यस्थापनमा दुई विषयहरूमा स्नातक र समाज शास्त्रमा स्नातकोत्तर टियुबाट गरेकी आदरणीय पम्फा भुसालका कयौ लेखका कृतिहरू पनि प्रकाशमा आएकाछन। आफू शिक्षित भएकोले शिक्षालाई आधारभूत अधिकार बनाउन सबै पूर्वाधारहरुको विकास गरी सबैको लागी गुणस्तरीय शिक्षाको केन्द्र नै ललितपुरलाई बनानेमा प्रतिबद्धित हुनु भएको छ।

नेपालकी महान् जनप्रिय महिला नेतृ २०६४ सालको पहिलो संविधान सभाको निर्वाचन यही क्षेत्र न. ३ बाट निर्वाचित हुनु भएको थियो। संविधान सभामा रहदा वा सरकारमा मन्त्रालयको जिम्मेवारी पुरा गर्दा धेरै सहाशी स्वच्छ छवि ईमान्दार स्पष्ट बक्ता सामाजिक न्याय र शुसान तथा कानुनको मर्यादा एवम् जनता प्रति पुरा उत्तरदायी कर्तव्य निष्ठा पूर्वक जिम्मेवारी पुरा गरेको जलन्त ताजा स्मरण हामी सबैलाई थाहा छ। विभिन्न देशहरूको राजदूतमा सिफारिस हुँदा समेत पद र कुर्सीको महमा नपरी जनचाहना अनुसार ललितपुर कै जनताको सेवा गर्न तीर जोड दिई सबै पद छाडेको इतिहास सबैको अगाडी साँक्षी छ।

हाम्रो जस्तो पुरुष प्रधान मुलुकको पितृ सत्तात्मक समाजमा महिला शसक्तिकरण लैंगिक असमानता जस्ता विभेदहरुलाई अन्त्य गर्न महिला जागरण र महिला पुरुषको समान अधिकार प्राप्तिको लागी दश बर्से महान् जनयुद्ध देखि सडक सदन सम्म बुलन्द आवाज उठाउने पम्फा भुसाल दिदीले गर्दा आज लैगिक समानता महिलालाई सबै क्षेत्रमा ३३% आरक्षण स्थानीय निकायमा ५० % सङ्घीय गणतन्त्र नेपालको संविधानले सुनिश्चित गरेकोछ। कतिपय दलका उच्च तहका महिलाहरू नै आरक्षित कोटामा आफूलाई सुरक्षित गरेको देखेर अहिले समानुपातिक प्रणालीप्रति नै लज्जित हुनुपर्ने अवस्था देखिएको छ ।

सरकारको नेतृत्वमा उपप्रधानमन्त्री भईसकेका र पटकपटक मन्त्री भइसकेका सदन तथा पार्टीको उच्च तहमा रहेका महिला नेतृहरुले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्न सकेनन्। माओवादी केन्द्रकी प्रवक्ता आदरणीय पम्फा भुसालले आफ्नो कर्म थलो ललितपुर क्षेत्र नं.३ बाट प्रत्यक्ष निर्वाचनमा लड्ने साहस देखानु हामी सम्पूर्ण महिलाको लागी ठुलो गर्व महसुस भएको छ। त्येसैले पनि हामी ललितपुरका जनताले अत्याधिक बहुमतले आदरणीय पम्फा भुसाल दिदीलाई विजय बनाउनु पर्दछ।

नेपाल एउटा बहुधर्म, बहु संस्कृति, बहुजातजाति, बहुभाषा भएको, मिश्रित समुदायको सिङ्गो विशाल देश नेपाल हो हाम्रो पहिचान नेपाली भएकोले सबै वर्ग,लिङ्ग ,जातजाति,धर्म,क्षेत्र,पीडित उत्पीडित सबै नेपालीको समान हक अधिकारको लागि नारा ,जुलुस आन्दोलन देखि १० बर्से महान् जनयुद्ध सम्म लडेकी पम्फा भुसाल धेरै अनुभवहरुले खारिएकी नेतृ भएकीले सबै नेतृत्वदायी भूमिकाहरुको जिम्मेवारी पुरा गरी सक्नुभएको छ।

नेपाली समाजलाई आपसमा सद्भाव पूर्ण मिलाप गरी नेपालीहरू नेपालीहरूको सम्बन्ध सधैँ राम्रो बनाउने सक्ने क्षमतावान नेतृ भएको हामीले विगतका वहाका क्रियाकलापहरू पाएका छौ। भद्र स्वभाव,अतिमिलनसार, सहयोगी र करुणादायिक स्वभावकी बौद्धिक व्यक्तित्व पम्फा भुसालको छ, यसकारण पम्फा भुसाललाई जिताउन म आदरणीय मतदातालाई हार्दिक अनुरोध गर्दछु।

२०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पले हाम्रो ललितपुरका पुरातत्वीय भवन मठ मन्दिर तथा सर्वसाधारणका घरहरू धेरै क्षति भएको थियो। दुखले भन्नु पर्दा अझै निर्माण हुन सकेका छैनन्। सडकहरु हिलाम्य र धुल्याम्य हुने गर्दछन्। ललितपुर राजधानीको जिल्ला भए पनि केन्द्रीय राजनीतिसित सिधा पहुच छैन सुकुम्बासी समस्या पनि ललितपुरमा कसरी समाधान गर्ने भन्ने राजनीतिक सतहबाट समाधानको उपाय खोजेको छैन। यस्तो दुखलाग्दो अवस्थामा आदरणीय पम्फा भुसाल दिदीको उम्मेदवारीले पक्का ललितपुर क्षेत्र न. ३ जनताले आशा र भरोसा गर्ने ठुलो आधार मिलेकोछ।

सधैँ अग्रगामी सोच विचार भएकी पम्फा भुसाल आफ्नो निर्वाचन क्षेत्र मात्र नभई पुरै मुलुक प्रदेश र ललितपुर जिलाको विकासको बारेमा धेरै विस्तृत विवरण आफ्नो वेभ साईड तथा घरदैलो कार्यक्रमहरू, चुनावी आमसभाहरुमा सबैलाई बताउँदै आउनुभएको छ।

ललितपुरको आर्थिक विकासको मरु दण्ड पर्यटन, पूर्वाधार विकासको मेरुदण्ड यातायात,सडक सञ्जाल ,स्वच्छ पिउने पानी, सबैको लागी स्वास्थ्य सेवा, सबैलाई गुणस्तरीय शिक्षा,कला संस्कृति र राष्ट्रिय सम्पदाको संरक्षण सम्बर्धन उद्योग धन्दा कलकारखानाको निर्माण, स्वदेशी तथा वैदेशिक लागनी, स्वरोजगार, शैक्षिक बेरोजगार भत्ता, सामाजिक सेवा,सुविधा,सुरक्षा,सामाजिक न्याय र शुसान लैगिक असामनाता र विभेद, महिला हिंसा, गरिबी तथा बर्गीय बिपन्ता जस्ता विषयहरूमा केन्द्रित रहदै आउनु भएकोले आदरणीय पम्फा भुसाल दिदीलाई अग्रिम बधाई तथा शुभकामना ज्ञापन गर्दछु।