लालबाबु पण्डितले गरे विराटनगरमा मतदान - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

लालबाबु पण्डितले गरे विराटनगरमा मतदान



मङ्सिर २१, मोरङ ।  मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार एवम् पूर्वमन्त्री लालबाबु पण्डितले आफू विजयी हुने दाबी गरेका छन् ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा मतदान गरेलगत्तै उनले संचारकर्मीमाझ आफू विजयी हुने आत्मविश्वास रहेको प्रतिक्रिया दिएका छन् । पूर्व मन्त्री पण्डितले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

बाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता पण्डित काँग्रेस नेता डा. शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दै छन् ।