लागुअौषध सहित कपिलवस्तुमा २ जना पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लागुअौषध सहित कपिलवस्तुमा २ जना पक्राउ



कपिलवस्तु : कपिलवस्तुमा लागु औषध चरस ओसारपोसार गर्दै गरेका दुईजनालाई प्रहरीले विजयनगर गाउँपालिका–१ भैसहवाबाट पक्राउ गरको छ ।

ईलाका वन कार्यालय गुगौलीबाट खटिएको वन सुरक्षाकर्मी र प्रहरीको संयुक्त गस्ती टोलीले १७ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु रोल्पाको सुवर्णवती गाउँपालिका–७ टेबाङका २९ वर्षका दिपक रोका मगर र कपिलवस्तुको विजयनगर गाउँपालिका–२ लोहरौलाका ५५ वर्षका बिन्तीराम थारु रहेका छन् ।
सेतो प्लाष्टिकले बेरेर बोरामा लुकाई छिपाई दुवैजनाले ७/७ किलो चरेस बोकेका थिए ।