५० अर्ब लगानी गर्दै पतञ्जलि आयुर्वेद - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

५० अर्ब लगानी गर्दै पतञ्जलि आयुर्वेद



इन्दोर (भारत) । भारतीय आयुर्वेदिक सामग्री बनाउने कम्पनी पतञ्जलि आयुर्वेदले ५० अर्ब रुपया लगानी गर्दै छ । कम्पनीका प्रबन्ध निर्देशक बालकृष्णकाअनुसार कम्पनीले चालू आवमा स्वदेशमै सो रकम लगानी गर्न लागेको हो । यो रकम मध्य प्रदेश, महाराष्ट्रलगायतका राज्यमा लगानी गरिने उनले बताएका छन् । ‘मध्य प्रदेश, महाराष्ट्र, जम्मु कास्मिर, उत्तर प्रदेश, राजस्थान र आन्ध्र प्रदेशमा कारखाना खोल्न सकिन्छ कि हेरिरहेका छौं,’ उनले भने ।

सबै कुरा मिलेमा मध्य प्रदेशको दहर जिल्लास्थित पिथामपुर औद्योगिक क्षेत्रमा ५ अर्ब रुपया लगानीमा खाद्य प्रशोधन एकाइ खोलिने बालकृष्णले बताए । सो एकाइ सन् २०१८ को मार्चदेखि सञ्चालनमा आउने बताइएको छ । सो प्लाण्टले बिस्कुट, सुजी, चाउचाउ र पिठोजस्ता खाद्यवस्तु उत्पादन गर्नेछ । यसबाहेक पनि कम्पनीले मध्य प्रदेशमै फलपूmल र तरकारी प्रशोधनको सम्भाव्यतासमेत खोजिरहेको र सरकारले जग्गा उपलब्ध गराएमा गाईपालनसमेत शुरू गर्ने योजना कम्पनीको छ । रासस/पीटीआई