ल हेर्नुस श्रीमान पराजुलीको कर्तुत ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ल हेर्नुस श्रीमान पराजुलीको कर्तुत !



न्यायाधीशलाई सम्बोधन गर्दा श्रीमान् भनिन्छ । श्रीमानको दोहोरो अर्थ हुन्छ । मानको पनि श्रेष्ठ र पति । लोकले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई मानका हिसाबले कुन श्रेणीमा राख्छ, बहस जारी छ । तर, पत्नीको सङ्ख्याका दृष्टिले श्रीमान् पराजुली समकालीन समाजमा अग्रस्थानमा पर्ने देखिन्छ । अर्थात् उनी चार श्रीमतीका श्रीमान् हुन् ।

पराजुलीको वैवाहिक सम्बन्धका बारेमा पनि टिप्पणी हुन थालेपछि नेपाल आजले विभिन्न स्रोत प्रयोग गरी पराजुलीको पारिवारिक सम्बन्ध र स्वभावका बारेमा बुझ्ने प्रयास गरेको छ । र, चार श्रीमतीको प्रसङ्ग सही रहेको देखिन्छ ।

चार श्रीमतीका पति भए पनि पराजुलीले गैरकानुनी विवाह अर्थात् बहुविवाह भने गरेका होइनन् । तीन श्रीमतीको बियोग बेहोरेका पराजुली अभागी श्रीमान्का रूपमा परिवारमा चिनिन्छन् । दुई श्रीमतीको निधन स्वाभाविक देखिएपनि एउटीको हत्या नै भएको आंशका परिवार र आफन्तले गर्दै आएका छन् । पराजुलीसँग कुट सम्बन्ध रहेकी श्रीमती (माइली)को रहस्यमय ढङ्गबाट निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।

कान्छी श्रीमतीसँग बस्दै आएका पराजुलीले अन्य श्रीमतीबाट जन्मिएका सन्तानलाई पनि राम्रै हेरचाह गरेको बुझिएको छ ।

घरमा जुवाको खाल !

पराजुली जुँवाको सौखिन हुन्, र उनको महाराजगञ्जस्थित निवासलाई उच्चकोटीको जुँवाघर मानिन्छ । त्यहाँ जाने मुख्य जुँवाडे प्रहरी, सेना र न्यायलयका उच्च तहका व्यक्ति हुन् । स्रोतका अनुसार हाल अख्तियार अनुसन्धान कार्यालयमा कार्यरत प्रेम भट्टराई पराजुलीका प्रिय पात्र हुन् । उनैले जुँवाको क्रोम पु¥याउन सहयोगीको भुमिका निर्वाह गर्दै आएका छन् ।

देउवासँग एउटै थाल !

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुलीको बिधा फरक परेपनि सम्बन्ध अति सुमधुर रहेको बताइन्छ । नेपाल विद्यार्थी संघको संस्थापक संयोजक देउवा र सदस्य पराजुलीको नियमित भेटघाट भइरहन्छ । उनीहरु व्यक्तिगत भेटघाटमा तँ को प्रयोग गर्दछन् । धेरैजसो एउटै थालबाट झिकेर खाना नास्ता खान्छन् ।

परिवारका प्रिय पराजुली !

बाहिर चर्चा गरिएजस्तो पराजुली छुद्र छैनन् । डाक्टर गोविन्द केसीलाई पक्राउ गर्ने प्रपञ्च गरेपछि उनी छुद्र होलान् भन्ने धेरैलाई परेको छ । तर, उनी व्यक्तिगतरुपमा मिजासिला छन् । भाउ नखोज्ने स्वभावका उनी आफन्तका प्रिय पराजुली हुन् । आफ्नो ठानेपछि जस्तोसुकै हिसाबले सहयोग गर्ने उनको स्वभाव रहेको बताइन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीलाई सबैले साथ छाड्दा पनि पराजुलीले धाप मारिरहेका थिए । अहिले पनि सिंह र पराजुलीको सम्बन्ध गाढा छ । पराजुलीले भान्जा ज्वाइँ नकुल सुवेदीका लागि गरेको सहयोग परिवारभित्र उदाहरणीय मानिन्छ । आफ्ना थिए र एकै वर्षमा तीन पटक बढुवा हुन सकियो भन्दै ससुरालीप्रति सुवेदी नतमस्तक रहेको बताइन्छ । पराजुलीले आफ्ना नाता र सम्बन्धी भनेपछि पद र तह नहेरी गुन लगाउने गरेका छन् । सिपाहीलाई युएन मिसनमा पार्नेदेखि खरदारसुब्बालाई सरुवा गर्न समेत उनी भनसुन गर्न तयार हुने गर्दछन् ।

बाहिर जेजस्तो छबी बनेको भए पनि परिवार र आफन्तका बीचमा पराजुली देउतैको कोटीमा रहेको बताइन्छ । भलै, एउटी श्रीमतीको संकास्पद निधनका कारण उनका विरुद्ध लुकीछिपी बात गर्नेहरु नभेटिने होइनन् ।-नेपाल आजबाट