`कुनै शब्द छैन’मा उदयीमान  मोडल गौतम पोखरेल(भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

`कुनै शब्द छैन’मा उदयीमान  मोडल गौतम पोखरेल(भिडियो सहित)



नेपाली  सांगीतिक  क्षेत्रका उदयीमान  मोडल गौतम पोखरेलको मोड्लिङमा  नयाँ लोकगीत सार्वजनिक भएको छ ।

`कुनै शब्द छैन’ भन्ने बोलको लोकगीतमा कृष्णपुन मगर र पुर्णकला बिसीले स्वर दिएका छन् भने शब्द तथा लय राजु सुनामको रहेको छ । उक्त गीतको निर्देशन सन्तोष पौडेलले गरेका हुन भने छायाङ्कन अरूणकुमार सुनारले गरेका हुन।

भर्खरै १८ वर्ष पुगेका मोडल गौतम पोखरेलको अभिनयलाई धेरैले मन पराएका छन् । भर्खरै प्लस टु पढ्दै गरेका गौतम भाइको काम प्रतिको लगाव देखेर आफू निकै प्रभावित भएको सुसेली म्युजिकका प्रबन्धक निर्देशक पूर्ण समीर बताउछन ।

उक्त गीतमा मोड्लिङ्गमा गौतमलाई आशा खड्काले साथ दिएकी छन् ।