कुमार युवकको पर्खाइमा छन् यहाँका नवयौवना युवतीहरु, कारण यस्तो छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कुमार युवकको पर्खाइमा छन् यहाँका नवयौवना युवतीहरु, कारण यस्तो छ



वैँशले उन्मुक्त भएका हरेक युवतीहरुको सपना हुन्छ की उनको विवाह धुमधामसँग होस् । तर दुनियामा एउटा यस्तो ठाउँ छ हाँ महिलाहरुका लागि बिहे गर्ने कुरा निकै कठीन कार्यको रुपमा रहेको छ ।रुप र यौवनले मस्त हुँदाहुँदै पनि आफ्नो मनको राजा नभेट्टाएर पर्खिरहनुु उनीहरुको नियति बनिरहेको छ ।

ब्राजिलको नोइवा दो कोरडेएरो गाउँमा २० देखि ३५ वर्षसम्मका युवतीहरु आजपनि आफ्नो वरको खोजीमा जुटिरहेका छन् । हजारौँ युवतीहरु जवानी बिसाउनका लागि विवाहको पर्खाइमा छन् व्यग्रताका साथ ।

उक्त गाउँमा ठूलो संख्यामा सुन्दरताले भरिपूर्ण युवतीहरु छन् । तर विडम्बना उनीहरुलाई बिहे गर्ने अविवाहित युवकहरु भ्ने पर्याप्त संख्यामा छैनन् ।

यहाँका युवतीहरु प्रेम तथा विवाहको सपना त सजाउँछन् तर विवाह र प्रेमकै कारण गाउँ जन्मठाउँ छाडेर जाने कुरामा मन्जुर हुँदैनन् । बिहे गर्ने केटा घरज्वाइँ बन्न राजी नभएसम्म युवतीहरु बिहे गर्न तयार हुँदैनन् बरु थप पर्खिन तयार हुन्छन् ।

यो गाउँमा लैंगिक अनुपातको असन्तुलनका कारण युवतीहरु अविवाहित बस्नुपरेकाो हो । गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुले बसालेको नियमानुसार पुरुषहरु चल्नुपर्छ ।