२०७५ असार १०, आइतवार

एमबिबिएसमा मनपरी शुल्क लिन केयूको छुट

October 31, 2017
104 Views
Spread the love

सरकारले तोकेकोभन्दा बढी शुल्क लिन मात्र होइन, मेरिटलिस्ट छलेर विद्यार्थी भर्ना गर्न पनि अनुमति-

सरकारको निर्णय र डा.गोविन्द केसीसँगको सहमतिविपरीत काठमाडौं विश्वविद्यालयले निजी मेडिकल कलेजहरूलाई सीधै विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ । मेरिटलिस्ट छलेर मोलमोलाइका आधारमा विद्यार्थी भर्ना गर्न पनि कलेजहरूले छुट पाएका छन् ।

सरकारले २६ मंसिर ०७३ मा एमबिबिएस र बिडिएस भर्नाको शुल्क–सीमा तोकेको थियो । पछिल्लो पटक ३१ असोजमा डा. केसी र सरकारबीच भएको सहमतिमा पनि सरकारले तोकेको मापदण्डअनुसार नै विद्यार्थी भर्ना गर्ने उल्लेख छ । तर, १५ दिन नबित्दै केयूले सहमतिविपरीत निजी कलेजहरूलाई सरकारले तोेकेकोभन्दा बढी शुल्क लिएर विद्यार्थी भर्ना गर्ने अनुमति दिएको छ ।

विद्यार्थी भर्नामा मेडिकल कलेजले मनोमानी शुल्क असुलेको गुनासो आएपछि यसै वर्षदेखि केयूले पनि आफैँ भर्ना लिने व्यवस्था गरेको थियो । उसले एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीलाई काउन्सिलिङ गरी मेरिटका आधारमा विद्यार्थी आफूले रोजेको कलेजमा पढ्न पाउने व्यवस्था गरेको थियो । तर, दुई महिना नपुग्दै निर्णय उल्ट्यायो ।

निजी मेडिकल कलेजलाई सीधै भर्ना लिने बाटो खुला
केयूले सोमबार एक जरुरी सूचना निकाल्दै निजी मेडिकल कलेजलाई सीधै भर्ना लिने बाटो खोलेको छ । सोमबारको पत्रका आधारमा कलेजहरूले विद्यार्थी आफैँ भर्ना लिने र विद्यार्थीको लिस्ट मात्रै केयूमा पठाए पुग्छ । केयूले गरेको पछिल्लो निर्णयले निजी मेडिकल कलेजहरूलाई फाइदा पुग्ने चिकित्सा अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीनिकट चिकित्सकहरूको भनाइ छ । मेरिटमा परेका २३ सय दुईदेखि ४३ सय २६ सम्मका उम्मेदवारहरूलाई भर्नाका लागि सीधै मेडिकल कलेजसँग सम्पर्क गर्न काठमाडौं विश्वविद्यालयले आग्रह गरेको छ । विद्यार्थीलाई ओहोरदोहोरमा समस्या हुने भएकाले यस्तो निर्णय गरेको उसले बताएको छ । स्रोतका अनुसार निजी मेडिकल कलेजले मेरिटका आधारमा विद्यार्थी भर्ना लिएपछि केयूलाई लिस्ट पठाउने र सो लिस्टअनुसार निर्णय गर्नेछ ।

शिक्षा मन्त्रालयले सहमति पालना गरेन
सरकारले डा. गोविन्द केसीसँग सहमति गर्दै तत्काल काठमाडौं विश्वविद्यालयले तय गरेको शुल्क घटाउन पत्र काट्ने प्रतिबद्धता जनाएको थियो । तर, हालसम्म पनि शुल्क घटाउने विषयमा शिक्षा मन्त्रालयबाट कुनै पत्र नगएको केयू स्रोतले जनाएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति–विसङ्गति हटाउन भन्दै १३ पटक अनशन बसेका डा. केसीको सहमतिअनुसार शिक्षा मन्त्रालय अगाडि नबढेको केसी पक्षले आरोप लगाएको छ । डा. जीवन क्षेत्रीले सरकारले तोकेको शुल्क कायम गराउन शिक्षा मन्त्रालयले अटेर गरेको बताए । ‘मन्त्रिपरिषद्ले एमबिबिएस शुल्क ३८ देखि ४२ लाखसम्म लिने भनेर तोकेको छ । तर, त्यसलाई शिक्षा मन्त्रालयले पालना नगराउँदा निजी मेडिकल कलेजहरूले बढी शुल्क लिइरहेका छन्,’ उनले भने । केयूले निजी मेडिकल कलेजले ३९ लाखदेखि कम्तीमा ५० लाख रुपैयाँसम्ममा भर्ना लिन पाउने गरी यसअघि नै सूची सार्वजनिक गरेको छ ।

कुन कलेजलाई कति सिट
काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स धुलिखेल -७५
विराट मेडिकल कलेज, विराटनगर- ६५
देवदह मेडिकल कलेज रूपन्देही- ४०
मणिपाल कलेज अफ मेडिकल साइन्स पोखरा- १००
कलेज अफ मेडिकल साइन्स भरतपुर -१००
नेपालगन्ज मेडिकल कलेज कोहलपुर- १००
काठमाडौं मेडिकल कलेज काठमाडौं- १००
नेपाल मेडिकल कलेज काठमाडौं- १००
नोबेल मेडिकल कलेज विराटनगर- ९०
लुम्बिनी मेडिकल कलेज पाल्पा- १००

यस्तो थियो सरकारको निर्णय
मन्त्रिपरिषद्को २६ मंसिर ०७३ को बैठकले एमबिबिएस र बिडिएस भर्नाको शुल्क–सीमा तोकेको थियो । शैक्षिक सत्र ०७४-७५ का लागि एमबिबिएसतर्फ उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकिएको थियो।

पछिल्लोपटक अनशन बसेका चिकित्सा अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीसँग पनि मन्त्रिपरिषद्ले तोकेको शुल्क सुनिश्चित गर्न शिक्षा मन्त्रालयले गत ६ कात्तिकमा सार्वजनिक सूचना प्रकाशन गर्ने र पत्राचार गरी निर्देशन दिने भएको थियो । सरकारले ‘चिकित्सा शिक्षा आयोग गठन भई आयोगले शुल्क नतोकेको अवस्थाबाहेक हाल यही शुल्क शैक्षिक वर्ष ०७४-७५ का लागि पनि कायम गर्ने’ भनेको छ ।

केयूले तय गरेको शुल्क यस्तो छ
-काठमाण्डौं युनिभर्सिटी, धुलिखेल ३९ लाख
-विराट मेडिकल कलेज, विराटनगर ४२ लाख ९० हजार
-देवदह मेडिकल कलेज रुपन्देही ४२ लाख ९० हजार
-मणिपाल कलेज, पोखरा ४९ लाख ९० हजार
-कलेज अफ मेडिकल साइन्स भरतपुर ४९ लाख ९० हजार
-नेपालगंन्ज मेडिकल कलेज कोहलपुर ४७ लाख ९० हजार
-काठमाडौं मेडिकल कलेज काठमाडौं ४३ लाख ९० हजार
-नेपाल मेडिकल कलेज काठमाडौं ४३ लाख ९० हजार
-नोवेल मेडिकल कलेज विराटनगर ४७ लाख ९० हजार
-लुम्बिनी मेडिकल कलेज पाल्पा ४७ लाख ९० हजार

नयाँ पत्रिकाबाट

Facebook Comments

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…