२०७५ जेष्ठ ६, आइतवार

कस्तो अचम्म ! मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

December 21, 2017
363 Views
Spread the love
  • 29
    Shares

बेनी । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।

म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पुर्याएका हुन् ।

मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो ।

धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए ।

बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत हुन् ।

यसअघि खत्रीले लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालन गरिएको म्याग्दी नदीको मंगलाघाट क्षेत्रवाट करिब १५० मिटर दूरीमा रहेको आफ्नो घरबाटै पनि सिँचाइको मेनस्विच अन र अफ गरेका थिए ।

जिल्लामा इलेक्टोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै एप्सको प्रयोगबाट सिँचाइलाई कन्ट्रोल गर्ने निकै कम रहेको दाबीसमेत गरे ।

एप्सको एकपटक अन र अफ गर्न करिब रु चार खर्च हुने उनले बताए ।

Facebook Comments
  • 29
    Shares

You may be interested

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ
प्रवास
0 shares4 views
प्रवास
0 shares4 views

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ

himal post - २०७५, ६ जेष्ठ २१:०३

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार काठमाडौँका विभिन्न ठाउँबाट वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको स्वास्थ्य…

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !

himal post - २०७५, ६ जेष्ठ २०:३२

दिल्लीको घरेलु मैदानमा भएको आइपिएल क्रिकेट अन्तर्गतको ५५औं खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन्। चार ओभर…

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !

himal post - २०७५, ६ जेष्ठ १९:३३

नयाँ दिल्ली– सन्दिप लामिछानेले आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध कमालको खेल प्रदर्शन गर्दै छन् ।  ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमै…