कृष्ण गैरेको अध्यक्षतामा अस्ट्रेलियामा रुपन्देही सामाजिक सञ्जालको नयाँ कार्यसमिति चयन ! - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

कृष्ण गैरेको अध्यक्षतामा अस्ट्रेलियामा रुपन्देही सामाजिक सञ्जालको नयाँ कार्यसमिति चयन !



ऑस्ट्रेलिया ।  नेपाल ५ नम्बर प्रदेशको  रुपन्देही घरभई  विभिन्न कार्यले  अस्ट्रेलियामा  बसोबास गर्दै आएका  नेपालीहरुद्वारा  सञ्चालित संस्था रुपन्देही सामाजिक सञ्जालले कृष्ण गैरेको नेतृत्व नँया कार्यक्रमसमिति चयन गरेको छ ।

सन् २०१५ मा अस्ट्रेलियामा स्थापना गरिएको उक्त  संस्थाले  डिसेम्बर १७ आइतबार सिड्नी क्यम्सीअबस्थित एडिज किचनमा अधिवेशन समारोहको आयोजना गरी नँया कार्यसमिति चयन गरेको हो । अधिवेशनले अध्यक्षमा कृष्ण गैरे, वरिष्ठ उपाध्यक्ष भुवन पाण्डे, उपाध्यक्ष मोहन पाण्डे, महासचिवमा महेश्वर शर्मा, सचिवमा सरोज पाण्डे तथा कोषाध्यक्षमा रोशन कोइरालालाई नियुक्त गरेको छ । संस्थाको संरक्षकमा निबर्तमान अध्यक्ष राज खनाललाई चयन गरिएको हो  ।

अधिबेशनमा अस्ट्रेलियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि , पत्रकार, बुद्दिजिबि, रुपन्देही घरभइ अस्ट्रेलिया बस्दैआउनु भएका नेपालीहरु तथा एन आर एन ए अस्ट्रेलियाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ईश्वर पोख्रेल अविरलको सहयोगमा