कृषि भुमिमा प्रतिहेक्टर ३ सय ९६ ग्राम बिषादि प्रयोग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कृषि भुमिमा प्रतिहेक्टर ३ सय ९६ ग्राम बिषादि प्रयोग



बुटवल। नेपालको २१ लाख हेक्टर क्षेत्रफल मध्य ४० हेक्कटर क्षेत्रफलमा प्राङ्गारीक खेति हुने गरेको पाईएको छ । नोपली कृषि भुमिका लागि वार्षिक ५ सय ७० मेट्रिकटन बिषाधि भित्रिरहेको नेपाल सरकारका कृषि बिभाग महानिर्देशक डा. डिल्लीराज शर्माले बताए ।

राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको एघारौँ संस्करण सञ्चालन गर्न बुटवल आएका शर्माले कृषि भुमिमा प्रतिहेक्टर ३ सय ९६ ग्राम बिषादि प्रयोग गरिने बताउँदै बिषाधिको ८५ प्रतिशत भन्दा बढि तरकारी खेतिमा मा हुने बताए ।

नेपाल सरकारको कृषि बिभागले देशका बिभिन्न स्थानमा गर्दै आएको प्राङ्गारिक कृषि महोत्सव यो वर्ष बुटवलमा गर्ने भएको छ । पहिलो पटक २०६४ सालमा काठमाण्डौबाट शुरु भएको मेला अहिले सम्म ललितपुर, भरतपुर, पोखरा, बुटवल, बाँके, पोखरा, बिराटनगर, कञ्चनपुर भईसकेको छ ।

कृषि व्यवसाय प्रबद्र्धन कार्यक्रम कृषि बिभाग ललितपुर, क्षेत्रीय कृषि निर्देशनालय पोखरा , जिल्ला कृषि बिकास कार्यालय रुपन्देही र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा हुने मेला फागुन ३ गते देखि शुरु भई ७ गते सम्म चल्ने शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको हो ।
प्राङ्गारीक कृषि उपजहरु जनसमक्ष पुर्‍याउने, प्राङ्गारीक कृषि प्रणाली अपनाउन कृषकहरुलाई प्रोत्साहन गर्ने, उपभोक्ताहरुमा प्राङ्गारीक कृषि उपजको पहिचान र प्रवद्र्धनमा सहयोग पुर्‍याउने लगायतका योजनासहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलामा प्राङ्गारीक कृषि बस्तु तथा प्रबिधिहरुको प्रदर्शन एवम् प्रतियोगिता, बिाली उपचार सिविर, निशुल्क माटो परिक्षण, बिज्ञको कार्यपत्र प्रस्तुती, सुचना केन्द्र, नृत्य तथा झाँकी प्रदर्शनी लगायतका कार्यक्रमहरु रहने आयोजकले जानकारी दिएको हो ।

१ सय ५० वटा स्टल रहने मेलामा स्टल बुकिङ्गको शुल्क नलाग्ने तथा दर्शकको लागी पनि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकार सम्मेलनमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम बहादुर हमाल , शरदकुमार श्रेष्ठ लगायतले बोल्दै मेलामा सातै प्रदेशका उत्पादनहरु आउने बताउँदै प्राङ्गारिकता टेस्टको समेत ब्यवस्था गरेको समेत बताए । प्राङ्गारिक भए नभएको टेस्टको रिपोर्ट बिहान ८ बजे सम्म दैनिक चेकजाँच गरिने समेत उनीहरुको भनाई छ ।

कार्यक्रम फाल्गुन ३ गते बिहान १ बजे उद्घाटन हुने र दैनिक बिहान १० बजे देखि साँझ ५ बजे सम्म मेला सञ्चालन हुने छ । मेलामा उत्कृष्ठ प्रदर्शक– प्रतियोगीहरुलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने छ भने मेलाको समापन फागुन ७ गते दिउँसो १ बजे हुने छ ।