समाननीय प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र ... - Himal Post Himal Post
  • ५ चैत्र २०८०, सोमबार
  •      Mon Mar 18 2024
Logo

समाननीय प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र …



सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू,

जय नेपालको न्यानो अभिबादन।

नेपालको राजनिति पृष्ठभूमिमा तपाईले दिएका हरेक योगदानलाई महत्वपूर्ण नै मानिन्छ तर पनि तपाईले बेला बेलामा नेपालको राजनिति माथि नै प्रश्न बाचक चिन्ह खडा गर्ने किसिमका अभिब्यक्ति र दोहोरो चरीत्रका कारण चाहि मर्माहित भएको छु।सर्बप्रथम पुनः नेपालको ४१ औँ प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।म त्यति बिगत तिर त म जान चाहन्न बर्तमानकै अबस्थाका बारेमा केहि कुरा तपाई र सारा नेपाली नागरीक सामु वकल्न मन लाग्यो र आज बिदेशी भूमिमा रहेर पनि तपाईलाई पत्राचार गर्न म बाध्य भए।बिदेशीएका ५०/६० लाख नेपाली नागरीकहरूले नेपालको राजनितिका बिषयमा बिश्वका जुनसुकै कुनामा रहे पनि चासोका साथ हेरी रहेका छन।नेपालको राजनिति अस्थिरताकै कारण आज लाखौ लाख नेपालीहरू बिदेशीन बाध्य भए र त्यसै मध्यका एक पात्र म पनि हुँ।

राजनितिमा तपाई र मेरो बिचार अनि धार फरक छ तर फरक भए पनि राष्ट्रियताका बिषयमा हामी सबै एक हुनु पर्छ।नेपाल र नेपाली रहे मात्र पार्टी रहने हो भन्ने कुराको हेक्का तपाई जस्तो राष्ट्र,पार्टी हाक्ने देखि लिएर स्थानीय तहका कार्यकर्ता र नेपाली नागरीकले बुझ्न जरूरी छ।अब म बिषय बस्तु तिर केन्द्रित हुन चाहन्छु तपाई र तपाईको पार्टीले संबिधान संशोधनका बिषयमा बिमति जनाउदै आएको कुरा सर्व बिदितै छ तर संबिधान संशोधन गर्नु पर्ने कारणहरू के के हुन र किन संशोधन गरीनु पर्छ भन्ने बिषयमा तपाई र तपाईको पार्टी कहिले पनि गहिराईमा पुग्नै चाहेन।

संबिधान ताम्रपत्रमा लेखिएको होईन समय अनकुल शंशोधन गर्नु पनि पर्छ।मधेशी जनताहरूलाई तपाई भारतीय नागरीक नै सम्झनु हुन्छ।त्यहि मधेशको भोटले तपाई पार्टीमा स्थापित भई रहनु भएको छ तसर्थ यस्ता कुरालाई मनन गर्न सक्नु पर्दछ।कालो बर्ण भयो भन्दैमा भारतीय बिहारी भन्न मिल्ला त तराईको भूमि पुत्रलाई?तपाईहरूले त केवल जनताको मन जित्नकै लागि खोक्रो राष्ट्रबाद अझै भनौ बोलीको भरमा मात्रै राष्ट्रबाद भजि रहनु भयो।तपाई बिगतमा प्रधानमन्त्री भएको अबस्थामा देशमा भारत द्वारा नाका बन्दी लगाईएको थियो त्यस अबस्थामा नाकाबन्दीको डटेरै सामाना पनि गर्नु भयो तर कुरा त्यतिमा मात्र सिमित रहेन तपाई भारतद्वारा बिच्छाएको रातो कार्पेटमा पनि चढ्न सफल हुनु भयो।बिगतमा तपाईको सरकारको पालामा चरम रूपमा कालो बजारी पनि भए।जनताले १०० रूपैयाको पेट्रोललाई ५०० तिर्न पनि बाध्य भए।ग्यास साथै दैनिक उपभोग्य बस्तुहरूमा पनि त्यसरी नै कालो बजारी भएको थियो।तपाई आज फेरी ४१ औं प्रधानमन्त्री भएर सफत खानु भएको छ।आशा छ बिगतमा जस्तो बर्तमान अबस्थामा फेरी ती कार्यहरू दोहरीने छैन।

नेपालको भौगोलिक अबस्था राजनिति माहौल र नेपालको बर्तमान अबस्थालाई नजर अन्दाज गर्ने हो भने हाम्रो देश नेपालमा अहिले सम्म बिदेशी हस्तक्षेप भएको प्रष्टै देखिन्छ तर तपाईहरूसंग बिदेशी हस्तक्षेपका बिरूद्धमा आवाज उठाउने दम छैन।बोलीमा राष्ट्रबाद देखिए पनि ब्यबहारमा भने त्यस्तो कहि कतै देखिदैन।राष्ट्रिय एकता र सामाजिक सदभावलाई सफल पार्ने भन्दै नेकपा एमाले अझै भनौ तपाईको बाल हठले मेची महाकाली राष्ट्रिय एकता अभियान पनि थाल्नु भयो अभियान थालेको २/३ दिनमा नै राजबिराजमा तपाईको सभालाई अबरोध पुराउने मधेशी मोर्चाका कार्यकर्ता ४ जनाले जीवन गुमाउनु पर्यो भने कयौ घाईते भएका थिए।त्यसै अबरोधका कारण अभियान केहि दिनका लागि रोकियो।कडा सुरक्षा घेरा भित्र रहेर पनि त्यस्तो स्थिति सृजित हुनु पक्कै पनि राम्रो होईन।जनतालाई बिश्वास दिलाउने हो राजनिति दलहरूले जबर्जस्ति गर्ने होईन।समाजिक सदभाब भनेको अभियानले त सामाजिक सदभाबलाई झनै बिथोली दिएको थियो।

नेकपा एमालेको रणनितिले यस पटक भने चमत्कार गरेको छ।तपाईहरू देशको र जनताको बास्तबिक अबस्थाका बारेमा जानकार हुँदै बाम गठबन्धनको नाम दिएर माओबादी केन्द्रसंग सहकार्य गर्दै चुनावी अभियानमा लाग्नु भयो तत् पश्चात तपाईहरूले जनता माझ छरेका सपनाहरूले तपाईहरू प्रदेश र प्रतिनिधि सभाको चुनावमा बहुमत ल्याउँदै बिजयी पनि हुनु भयो जसको फल स्वरूप तपाई प्रधानमन्त्री बन्नु भएको छ।तपाई प्रधानमन्त्री हुनु अगाडी भारतको चलखेल भएको प्रष्ट देखिएको छ।भारत बिना नेपालको सरकारको रौ पनि नहल्लिने देखियो।बर्तमान अबस्थामा नेपालका कम्युनिष्टहरू एक हुनु राम्रो कुरा पनि हो।तपाईहरूले जनता माझ गरेको प्रतिबद्धता मध्ये सबै भन्दा महत्वपूर्ण कुरा भनेको स्थायी सरकार नै थियो तर तपाईहरू बीच पहिलो प्रतिबद्धतामा नै बेमेल आयो।तपाई र प्रचण्डले ३०/३० महिना मिलेर सरकार चलाउने भन्ने कुरा सुनिएको छ।पार्टी अध्यक्ष पनि तपाईलाई अनि प्रधान मन्त्री पनि तपाईलाई नै हुने भए पछि पार्टी समायोजनमा प्रचण्ड बिच्किएको देखिन्छ।प्रचण्ड नेपालको राजनितिमा खारीएका चतुर नेता हुन त्यस कारण प्रचण्डलाई जालमा पार्छु भन्नु पनि ठुलो भुल हुनेछ।पुत्र बियोगमा परेका कमरेड प्रचण्डलाई तपाई हरूको साथले चितवनबाट बिजयी पनि गरायो।तपाईकै पार्टीको शीर्ष नेताहरू माधव नेपाल ,झलनाथ र बामदेव गौतमलाई मिलाएर लैजान पनि तपाईलाई फलानको च्युरा चपाए सरह हुनेछ।

देउवा सरकारले ल्याएका राम्रा नितिहरूलाई कार्यान्वयन गराउनु होला।काँग्रेसलाई सिध्याउने खेलमा लाग्नु भयो भने तपाई पूर्ण रूपमा असर पुग्ने छ यदि तपाई भित्र घमण्डको दम्भ रहि रहयो भने अर्को चुनावमा तपाईहरूलाई जनताले फेरी पाखा लगाउने छ।काँग्रेसलाई निमिट्यान्न पार्छु भन्नु तपाईको ठुलो भुल हुने छ।काँग्रेसलाई त्यति कम्जोर नठान्नु होला उखान टुक्का हाने जस्तो देश चलाउन काँहा सजिलो छ र प्रधानमन्त्री ओली ज्यु।चीन र भारतसंग छिमेकीको भुमिका राम्रोसंग निभाउनु होला।कुलमान घिसिङ्,गोकर्ण बिष्ट,जनार्दन शर्मा,लालबाबु पण्डित जस्ता देश प्रेमी नेता र कर्मचारीलाई पाखा नलगाउनु होला।भारतले नेपालको सिमाना मिचेका कुराहरू आई रहदा तपाईबाट जनताले कस्तो अपेक्षा राखेका छन त्यो पुरा गर्नु होला।जनता सामु गरेका प्रति बद्धताहरूलाई पुरा गर्न सधै तत्परता देखाउदै जानु होला।
जय नेपाल।

कर्ण बहादुर अधिकारी मकाउ चीन।