को हुन त प्रियंकाको सबथोक ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

को हुन त प्रियंकाको सबथोक ?



अभिनेत्री प्रियंका कार्कीको सवथोक को वा के होला ? धेरैलाई यो कुरा सुन्दा फिल्म भन्ने आउँछ । किनकी, प्रियंकाले आफ्नो पहिचान पनि फिल्मबाटै बनाएकी हुन् । नेपाली फिल्मको नम्बर १ अभिनेत्री बन्दै गर्दा प्रियंकालाई फिल्म क्षेत्रले धेरै कुरा दिएको छ ।

तर, प्रियंकाको सवथोक फिल्म क्षेत्र भने होइन । प्रियंकाका सवथोक हुन्, उनका प्रेमी आयुष्मान देशराज जोशी । इन्टाग्राममा आफ्नो र आयुष्मानको फोटो राख्दै प्रियंकाले ‘मेरा सबथोक’ भनेर लेखेकी छिन् । फिल्म ‘कथा काठमाण्डौ’मा काम गर्दै गर्दा प्रियंका र आयुष्मानको प्रेम भएको हो । प्रेममा परेपछि खुल्ला बनेका आयुष्मान र प्रियंका एक अर्कालाई गहिरो माया गर्छन् ।

तर, प्रेमको खबरले हल्ला बढी हूँदा प्रियंकाको फिल्मी यात्रा भने जोखिममा पर्न थालेको टिप्पणी पनि फिल्म बजारमा सुनिने गर्छ । तर, आयुष्मान सबथोक भएपछि प्रियंकाले पनि करिअरको भन्दा बढी चिन्ता उनको गर्ने नै भइन् ।