पहिलो नम्बरको सनराइजर्सलाई हराउंदै कोलकता प्लेअपमा ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पहिलो नम्बरको सनराइजर्सलाई हराउंदै कोलकता प्लेअपमा !



आइपिएल क्रिकेट अन्तर्गतको ५४औं खेल हिंजो राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको छ । उक्त खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेलेका थिए ।

कोलकाता नाइट राइडर्सले पनि इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफको अवसर प्राप्त गरेको छ ।

शीर्षस्थानमा रहेको सनराइजर्स हैरावादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुगेको हो। सनराइजर्स र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन्। प्ले अफ पुग्ने अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ बल बाँकी रहँदा ५ विकेट गुमाएर आवश्यक रन जोडेको थियो। उसका लागि ओपनर क्रिस लेनले ५५ तथा रोबिन उथप्पाले ४५ रन बनाएका थिए।

अर्का ओपनर सुनिल नारिनले २९ रन र कप्तान दीनेश कार्तिकले अविजित २२ रन जोड्दै टिमलाई प्लेअफमा पुर्‍याए।

हैदरावादका सन्दीप शर्माले र कार्लोसा ब्रथवाइटले समान २-२ तथा सकिब अल हसनले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो। उसका लागि ओपनर शिखर धवनले अर्धशतक पुरा गरे। ३९ बल खेल्दै शिखरले ५ चौका १ छक्का प्रहार गरे । श्रीवास्ताव गोस्वामीले ३५, काने विलियम्सनले ३६, मनीष पाण्डले २५ रन बनाए ।

कोलकाताका प्रसिद्ध कृष्णले ४, आन्द्रे रसेल, सुनिल नारिन, कुलदीपक यादव र जाभोन सेरलिसले समान १-१ विकेट लिए।

यो खेलसँगै अब प्लेअफ पुग्ने अन्तिम टोली बाँकी छ। मुम्बई इन्डियन्स, किङ्स एलाभेन पञ्जाव र राजस्थान रोयल्समध्ये एक टिम प्ले अफमा पुग्नेछन्।

बाँकी रहेको दुई खेल मध्ये पहिलो खेलमा प्ले अफ जिवितै राख्न मुम्बईले दिल्लीलाई हराउनै पर्छ भने दोस्रो खेलमा पञ्जाबले चेन्नईलाई पन्छाउनुपर्छ। प्ले अफ दौडबाट बाहिरिएको दिल्ली आफ्नो पाँचौ जित निकाल्ने दाउमा हुनेछ। यता दोस्रो स्थानमा रहेको चेन्नई पञ्जाबलाई हराउँदै शीर्ष स्थान पुग्ने दाउमा हुनेछ।

हैदराबादको १८ अंक छ भने दोस्रो स्थानको चेन्नई र कोलकाताको समान १६ अंक छ।