अर्घाखाँची जिल्लाका किसानहरुको गुनासो कृषि उपजको बजारीकरणमा समस्या - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अर्घाखाँची जिल्लाका किसानहरुको गुनासो कृषि उपजको बजारीकरणमा समस्या



हरि प्रसाद भुषाल/अर्घाखाँची

अर्घाखाँची जिल्लाका किसानहरुले आफुहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा समस्या रहेको भन्दै उपयुक्त बजारको लागि भूमिका खेल्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

राष्टिय कृषक समूह महासंघ अर्घाखाँचीले हिजो सन्धिखर्का गरेको तेस्रो जिल्ला परिषद तथा बजारीकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रममा किसानहरुले जिल्लामा व्यवसायिक किसानहरुको लागि सरकारी स्तरबाट समेत खासै सहयोग नपाएको गुनासो गरेका हुन् ।
किससानहरुको क्षमता वृद्धीको लागि भन्दै अर्घाखाँची जिल्लामा धेरै सरकारी तथा गैरसकारी कार्यालयहरु रहेको भएपनि वास्तविक किसानहरुको पक्षमा कामगर्न नसकेको किसानहरुले गुनासो समेत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, जिल्ला विकास समितिको कार्यालयका योजना अधिकृत नेत्र खनाल, सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशी, जिल्ला कृषि विकास कार्यालयका नन्दलाल पौडेल, नेपाली काँग्रेसका नेता लोकेन्द्र वि.क., एमाले सचिव राम बहादुर चौहान, नयाँ शक्ति नेपाल पार्टीका नेता जिन्दक खड्का, जनमोर्चाका नेता जीवनारायण खनाल, राप्रपाका अमर थापा लगायतले मन्तव्य राख्दै जिल्लाका किसानहरुको क्षेमता बृद्धीका लागि कृषि उपज संकलन केन्द्र तथा चिस्यान केन्द्रहरुको आवश्यकता रहेको भन्दै यसको व्यवस्थापनमा ध्यान केन्द्रीत गनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम राष्टिय कृषक समूह महासंघ अर्घाखाँचीका महासचिव ज्ञानबहादुर वि.क.को संचालन, जिल्ला उपाध्यक्ष नाराायण प्रसाद भुसालको स्वागत मन्तव्य तथा जिल्ला अध्यक्ष गिता थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।