किरणवावु पुनको 'वाचा' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

किरणवावु पुनको ‘वाचा’ सार्वजनिक (भिडियो सहित)



केशव पोखरेल /कात्तिक १८  

गायक किरणवावु पुनको दोहोरी गीत “वाचा” यति बेला सर्वत्र चर्चामा छ । दोहोरी क्षेत्रमा फरकपन गर्ने प्रगतिवादि गायक तथा सर्जक पुनको यो दोहोरी भाका युट्युवमा राखिएको छोटो अवधिमै धेरैपटक हेरिएको गीत हो । गीतमा किरणवावु पुन र सञ्जिवनीको स्वर छ भने लय तथा शब्द सिर्जना गायक पुनले नै गरेका छन् ।

लोकदोहोरीको इतिहासमै पहिलोपटक भारतीय गायिका सञ्जिवनीको स्वरमा रहेको यो दोहोरी भाकाले सबैको मन जितिरहेको गायक पुनले जानकारी दिएका छन् । अहिले दोहोरी क्षेत्रमा एउटै तवरको भाका, सुन्दा उस्ता उस्तै लाग्ने गीत र एउटै खालका जस्ता गीतका म्युजिक भिडियो आएकोले आम श्रोता दर्शकमाझ फरक स्वाद दिने प्रयास गरेको गायक पुनले बताएका छन् । यो गीत मात्र होइन गीतको म्युजिक भिडियो पनि फरक गरिएको छ । म्युजिक भिडियो हेरिरहँदा मौलिकता, ऐतिहासिकता देख्न सकिन्छ । गीतमा तीन छुट्टाछुट्टै विषयवस्तुलाई समावेश गरिएको छ ।

म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल प्रेम थापा र अञ्जली अधिकारीले जीवन्त अभिनय गरेका छन् । वावुराजा केसी उज्ज्वलको निर्देशनमा बनेको गीतलाई कृष्ण फिल्मस् एण्ड एडभरटाइजिङ्गले बजार व्यवस्थापन गरेको छ । गायक पुनको यो भन्दा पहिले “आकर्षण” दोहोरी भाका जुन चर्चामा रह्यो त्यसभन्दा अघि “क्षितिजपारी उनको बस्तीमा”, “यो मार्मिक सन्देश” लगायतका सयौँ दोहोरी गीत उनको सिर्जना र स्वरमा चर्चा बटुलिसकेका गीतहरू छन् । उनले धेरै टप्पा, मौलिकताले भरिएका गीतहरू समेत गाइसकेका छन् ।