श्रृजना गुरुङको स्वरमा “किन दुख मान्छौं” गीत सार्वजनिक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

श्रृजना गुरुङको स्वरमा “किन दुख मान्छौं” गीत सार्वजनिक



गायिका श्रृजना गुरुङको स्वरमा “किन दुख मान्छौं” बोलको गीत सार्वजनिक भएको छ । श्रजनाको स्वर रहेको गीतलाई सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो ।

विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना गुरुङले मधुर स्वर दिएकी हुन् । गीतमा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ ।पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् ।

निशान्त घिमीरेको समपादन रहेको “किन दुख मान्छौं” गीत श्रृजना गुरुङको यो पहिलो गीत हो । पत्रकारितासँगै गायनमा लागेकी उनी विस्तारै गायन क्षेत्रमै लाग्ने बताएकी छिन् ।गीतमा रिमा र दिपकलाई प्रस्तुत गरिएको छ । पहिलो गीत दर्शक श्रोताले मन पराईएको खण्डमा लगातार गीत बजारमा ल्याउने तयारीमा रहेको समेत श्रृजनाले बताएकी छिन् ।