ख्याल गर्नुस ! फेसबुक म्यासेन्जर मार्फत यसरी भाइरस फैलिदैछ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ख्याल गर्नुस ! फेसबुक म्यासेन्जर मार्फत यसरी भाइरस फैलिदैछ



तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाएका छन् ।

फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाइरहेका छन् ।

फेसबुक म्यासेन्जर मार्फत द्रुत गतिमा फैलिरहेको यो भाइरसले मोबाइल तथा कम्प्युटरमाथि आक्रमण गर्नुका साथै डिभाइसको सिस्टम निष्क्रिय बनाउने गर्दछन् । त्यति मात्र होइन यो भाइरसले डिभाइसमा रहेको डाटासमेत डिलिट गर्ने गरेको भेटिएको जनाइएको छ ।

च्याट गर्दागर्दै पपअप विन्डोमा साथीको नाममा भिडियो वा लिङ्क आउने र सोमा क्लिक गर्ने बित्तिकै भाइरसले मोबाइल तथा कम्प्युटर डिभाइसमा रहेको एन्टी भाइरसलाई निष्क्रिय बनाउनेगर्दछ ।

यसबाट केटाकेटीका लागि च्याटमा आउने लिङ्कमा रहेको सामग्री शङ्कास्पद लागेमा वा कहिल्यै नसुनेको नाम देखिएमा क्लिक नगर्नेगरेमा यस्ता हानिकारक भाइरसबाट बच्न सकिने प्रविधिविज्ञ बताउँछन् ।