खुल्यो नारायणगढ–मुग्लिन सडक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

खुल्यो नारायणगढ–मुग्लिन सडक



चितवन । सोमबार बिहानैबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । सोमबार बिहान नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे, कालिखोला, चारकिलो र तीन नम्बर पुललगायतका स्थानमा पहिरो झरेपछि दुईतर्फी रुपमा नै बाटो अवरुद्ध भएको थियो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले दिएको जानकारी अनुसार पहिरो पन्छाएर एकतर्फी रुपमा सडक खुलाइएको हो । खनालका अनुसार गाडीहरुको चापका कारण निर्वाध सञ्चालनमा भने समस्या छ । अझै केही घण्टामा मात्र सडक पुर्ण रुपमा सञ्चालन हुने अनुमान गरिएछ । सवारीको चाप कम हुनेवित्तिकै दुईतर्फी रुपमा नै सवारी सञ्चालनमा ल्याउने उनले जानकारी दिएका छन् ।

यसैगरी धादिङको मौवाखोला नजिक खसेको पहिरो भने पन्छाइसकिएको छ । अहिले पृथ्वी राजमार्गमा सवारी साधन सन्चालनमा कुनै समस्या नरहेको एसपी डम्बर विकले जानकारी दिए ।