खतिवडा अब २ वर्ष मात्र पदमा ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

खतिवडा अब २ वर्ष मात्र पदमा !



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा दुई वर्षमात्र मन्त्री हुन पाउने भएका छन् । उनको सांसदको पद दुई वर्षमात्र टिक्ने भएपछि उनको मन्त्री पद पनि चिप्लिने भएको हो । सोमबार सांसदहरुको पदावधिका लागि भएको गोलाप्रथामा अर्थमन्त्रीको भाग्यमाथि तगारो बनेको हो । राष्ट्रिय सभामा भएका ५९ सांसदमध्ये २, ४ र ६ वर्षको कार्यालय छुट्टाइएकामा अर्थमन्त्री खतिवडा दुई वर्षे कार्यकालमा परेका हुन् ।

दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनको अर्थमन्त्रीको जागिर पनि सकिने छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित सांसद नियुक्त गरेकी हुन् ।

सांसद पदमा बढी पदावधि खान भाग्यले साथ नदिए पनि उनले पाँच वर्ष नै अर्थमन्त्रीको जागिर खान्छन् भन्ने ग्यारेन्टी थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री खतिवडा बजेट सार्वजनिक गर्ने क्रममा केही चुकेपछि

असन्तुष्ट पोखेका छन् । ओलीले उनलाई जुन किसिमले अर्थमन्त्री बनाएका थिए त्यही अनुसारको नतिजा राम्रो आउन नसकेको बताएको उनी निकट स्रोतको भनाइ छ । यसअर्थमा मन्त्री खतिवडा दुर्वतर्फको मारमा पर्ने निश्चित भयो ।

स्रोत भन्छ –अर्थमन्त्री ज्यूको सरकारमा रहने कार्यकाल त बढ्ने जस्तो थिएन उतातिर पनि बिग्रियो । गोलाप्रथामा दुई वर्षभन्दा माथि परेको भए उनले राष्ट्रिय सभामा केही योगदान दिन्थे होला । तर गोालप्रथाले नै धोका दिएपछि उनलाई कुनै विकल्प अपनाएर सरकारमा टिकाइराख्ने सोच प्रधानमन्त्री ओलीले कुनै हालतमा नबनाउने स्रोतको दावी छ ।

किन चिसिदै सम्बन्ध ?
‘सम्बन्ध चिसिइसकेको त छैन तर प्रधानमन्त्री ज्यूले जे सोचेर डा खतिवडालाई ल्याउनु भयो त्यो अनुसारको ‘पर्फमेन्स’ नआएको भन्दै असन्तुष्ट हुनुहुन्छ ।’, स्रोत अगाडि भन्छ –अहिले नै दुई वर्षको आँकलन त नगरौं तर यतिबेला अर्थमन्त्री ज्यूलाई बचाउनका लागि हाम्रा अन्य कमरेडहरुले बढी गाली खानु परेको छ ।

आर्थिक वर्ष २०७५–७६ को बजेट सबै सुहाउँदो नभएको भन्दै सत्ताधारी दलका सांसदहरुले नै संसदमा अर्थमन्त्रीको चर्को आलोचना गरेपछि प्रधानमन्त्री एर्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले खुलेआम गालीगलौजमा नउत्रिन निर्देशन दिएका थिए ।

अर्थमन्त्रीका लागि ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप कुमार ज्ञवाली, वर्षमान पुन, कृष्णबहादुर महरा लगायतले दावी गरे पनि ओलीले आफ्नो पार्टीको नेताभन्दा बाहिरका विज्ञ खतिवडालाई पार्टीमा भित्र्याएर रातारात राजनैतिक सुपर स्टार बनाएका थिए ।

अब बाँकी समयभित्र डा खतिवडाले ओलीको मन जित्नुपर्नेमा जोड दिइएको छ ।

ओलीले अर्थमन्त्रीप्रति पछिल्लो समय देखाएको रुची–अरुचीसंग उनको भाग्य जोडिनु संयोग मात्रै त होला नि ।