खप्तड गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जित्यो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खप्तड गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जित्यो



कैलाली ।। कैलालीमा जारी नेपाल आइस सुदुरपश्चिम् खप्तड गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

 धनगढीमा भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टोली गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलको ३१ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको फ्रिकिक एपिएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । यसैगरी जर्ज प्रिन्सले ३७ औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार पनि अमृतले बचाएका थिए ।