देश कम्युनिष्ठकोे प्रयोगशाला होइन:  खाँण - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

देश कम्युनिष्ठकोे प्रयोगशाला होइन:  खाँण



रुपन्देही , १६ मंसिर

नेपाललाई हिंसा, बन्द, झगडा र कम्युनिष्ठ शासन सत्ताको प्रयोगशाला नबनाई समृद्ध राष्ट्र बनाउने नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले बताएका छन ।

विश्वका १ सय ९५ राष्ट्र मध्ये चार देश उत्तरकोरिया, भियतनाम, लाओस र क्युवामा मात्र कम्युनिष्ठ शासन भएको र यी स्थानमा रोजगारीको लागि कुनै नेपाली नगएको दाबी गदै उनले नेपालमा कम्युनिष्ठ शासनको सपना नदेख्न वाम गठबन्धनलाई चेतावनी दिए। संयुक्त लोकतान्त्रिक गठबन्धनद्धारा आयोजित रुपन्देहीको क्षेत्र नम्बर एक देवदह ढेकावर र ओमसतिया गाउंपालिकाको हाटी फर्साटिकरमा विशाल चुनावी सभामा पुर्व रक्षामन्त्री समेत रहेका खाँणले लुम्बिनी अंचल र रुपन्देही जिल्लालाई विकासको नमुना केन्द्रको रुपमा विकास गर्ने बताए।

उनले  ५ नम्बर प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्ने लक्ष्य रहेकोसमेत बताए ।

उनले सिंचाइको लागि कालीगण्डकी डाइभर्सन गरेर रुपन्देहीमा ल्याउने बृहत परियोजनाको शुरुवात भएको बताउदै महामावन गौतम बुद्धको मावली स्थल देवदहलाई अन्तराष्ट्रिय स्तरकै केन्द्र बनाउने उल्लेख गरे ।

काँग्रेसको नियती नै भनौ या बाध्यता जव मुलुक अप्ठ्यारोमा पर्छ ,कठिन अवस्थामा हुन्छ, त्यो बेला काँग्रेसले अरुलाई साथमा लिएर हिड्नु परेको छ, उनले भने  –राष्ट्र्रियता र जनताकै उपलब्धी रक्षा गर्न हामीले समय अनुसार राजा, माक्सबादी माले, माओबादी केन्द्र र अहिले राप्रपालाई साथ लिएका छौ ।’

कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति एवंम् क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले जनताको हक अधिकारको फैसला नेपाली कांगे्रसले मात्र गर्ने भएकाले आफ्नो अधिकारको उपयोग गर्न नेपाली कांगे्रसलाई जिताउन आवश्यक रहेको बताए।

त्यसैगरी राप्रपा प्रजातान्त्रिकका क्षेत्र नं १ क का प्रदेश सभा उम्मेद्धवार ताहिर अलिले देशमा बामगठबन्धन काडा“को रुपमा उभिएकाले त्यसलाई समाप्त पार्न लोकतान्त्रिक गठबन्धन आवश्यक परेको बताए । बामगठबनधनले तानाशाहीको खोल ओढेकाले जनता तानाशाही बन्ने की लोकतान्त्रिक पद्धतिमा जाने बेलैमा होस् पुर्याउन आग्रह समेत आग्रह गरे । प्रदेश सभा २ का उम्मेद्धवार हरि न्यौपानेले लोकतान्त्रिक संबिधान कार्यान्वयन तथा समग्र प्रदेशको विकासका लागि, स्थानिय स्तरमा तिलोत्तमा नगरपालिकामा रिङ्गरोड निर्माण गर्न, रोहिणी गाउंपालिकामा सुविधासम्पन्न १०१ सैंया सहितको सामुदायिक अस्पताल निर्माण, तिलोत्तमा नगर स्तरीय अस्पताल, बनाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा क्षेत्र नं एक क्षेत्रीय प्रचार–प्रसार संयोजक हिराबहादुर खत्रीले नेपाली कांग्रेस शान्तिप्रेमी भएको बताउदै कसैले हाम्रो भावनामाथी ठेसपुर्याउने काम गर्यो भने हामी चुप लागेर नबस्ने बताए ।