गोपाल खड्कालाई निलम्बन गर्न निर्देशन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गोपाल खड्कालाई निलम्बन गर्न निर्देशन



काठमाडौं ।

आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न संसदको सुशासन तथा अनुगमन समितिले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ ।

पेट्रोलियम पदार्थको भण्डारणका लागि जग्गा खरिदमा अनियमिता गरेको ठहर सुशासन समितिले गरेको छ । आपूर्ति मन्त्रालयले पनि कैफियत भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ ।

सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानविन प्रक्रियाको टुंगो नलागेसम्म खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशगरेको छ ।