केरुङ अब अन्तर्राष्ट्रिय नाका - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

केरुङ अब अन्तर्राष्ट्रिय नाका



काठमाडौं- 

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई नाका खुलाउन सरकारले आग्रह गरेको दुई साता नबित्दै चीनले केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याएको छ ।

केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याइएको घोषणा बुधबार ल्हासामा गरिएको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले केरुङलाई चीनले अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरिएको बताए । उनले भने, ‘यो निर्णय भदौ १६ देखि लागू हुनेछ । यसले यो क्षेत्रलाई पर्यटर्की हवका रुपमा विकास गर्नेछ ।’

चीनले नेपालसँग सीमा जोडिएको नाकालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरेको यो पहिलो हो । अन्नपूर्ण पोस्ट दैनिकबाट