केरा देखाएको आरोपमा युवक पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

केरा देखाएको आरोपमा युवक पक्राउ



सुन्दा तपाईंलाइ अचम्म लााग्न सक्छ । घटना अमेरिकाको हो । पुलिसलाई केरा देखाएको आरोपमा एक युवक पक्राउ परेका हुन् । पुलिसलाई केरा देखाउने युवकमाथि गुन्डागर्दीको अभियोग लगाइएको छ ।

पश्चिमी कोलोराडोस्थित एक सडकमा पुलिसले चेकजाँच गरिरहेको थियो । सोही सडक हुँदै २७ वर्षीय नाथन रल्फ चेनिंग गईरहेका थिए । पुलिसले उनलाई चेकजाँचका लागि रोक्दा नाथनले आफुसँग भएको केरा गोजीबाट निकालेर पुलिसलाई पेस्तोल तेर्साएझैँ गरी देखाए ।

सुरुमा त साँच्चीकै पेस्तोल पो ताकेको हो की भनेर पुलिस आत्तिए तर जब ती युवकको हातमा रहेको चिज केरा भएको देखे, तब शान्त भए । त्यसपछि पुलिसले तत्कालै ती युवकको हातबाट केरा थुते र नाथनलाई घोक्राउँदै गिरफ्तार गरे ।

बयानमा ती युवकले पुलिसलाई आफुले युट्युुबका लागि एउटा फन्नी भिडियो तयार गर्न त्यसो गरेको बताएका छन् । एजेन्सी