माओवादी केन्द्रद्वारा सम्पूर्ण माओवादी घटकहरुलाई एकतामा आउन अपील - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

माओवादी केन्द्रद्वारा सम्पूर्ण माओवादी घटकहरुलाई एकतामा आउन अपील



काठमाडौं, साउन ८ ।

नेकपा माओवादी केन्द्रले सम्पूर्ण माओवादी घटकहरुलाई एकतामा आउन अपील गरेको छ ।

यहि श्रावण २ गतेदेखि ७ गतेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिश डाँडामा बसेको केन्द्रीय सेक्रेटरियटको बैठकका निर्णयहरु सार्वजनिक गर्दै माओवादी केन्द्रले एकताका लागि आव्हान गरेको हो ।

बैठकका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डका तर्फबाट जारी गरिएको प्रेस वक्तव्यमा साे बताइएकाे हाे ।

बैठकले पार्टी एकता प्रक्रियालाई पूर्णता दिने कुराको आवश्यकता महसुस गर्दै मुख्यतः मोहन बैद्य ‘किरण’, डा‍. बाबुराम भट्टराई र नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वका घटक र सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई अपील गरेको छ ।

एक साता लामो बैठकमा अधिकांश नेताहरुले पार्टी एकताका विषयमा सबै माओवादी घटकहरुबीच एकताका लागि विशेष पहल गर्न जोड दिएका थिए । पार्टीमा आएको विभाजनका कारण समेत पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षा अनुरुप सफलता प्राप्त गर्न नसकेको माओवादी केन्द्रको ठहर छ ।