ठूलो पर्दामा नायिका केकि अघिकारी संगै देखिनेछ्न जीवन खड्का चलचित्र 'मनाङ'मा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ठूलो पर्दामा नायिका केकि अघिकारी संगै देखिनेछ्न जीवन खड्का चलचित्र 'मनाङ'मा



समिर प्रकाश पाण्डे

नेपाली गीतसंगीत को क्षेत्रमा बिगत १ दशक देखि सक्रिय रहेका मोडल एंव निर्देशक जीवन खड्का अब नायीका केकि अधिकारि संगै ठूलो पर्दामा देखिने भएका छ्न।

हालसम्म करिब १ दर्जन म्युजिक भिडियो निर्देशन र २ दर्जन बढी म्युजिक भिडियो मा अभिनय समेत गरिसकेका जीवन दसै तिहार पश्चात् छायांकन सुरु हुने चलचित्र ” मनाङ”बाट नेपाली चलचित्र जगातमा डेब्यु गर्दै छ्न ।

मनाङ,जोमसोम ,काठमाडौ र पोखरा का बिभिन्न स्थान मा छायांकन गरिने यश चलचित्र मनाङ का बासिन्दा को बास्तबिक दु:ख पीडा र त्यहाको भौगोलिकता संग सम्बन्धि कथा बस्तु मा निर्माण हुने निर्माता सुजन लामा ले बताए । आशिक राई निर्देशित यस  चलचित्रमा जीवन खड्का र नायिका केकि अधिकारि मुख्य भुमिकामा रहने जानकारी समेत गराए ।