के राष्ट्र र जनताका हितमा एकता गर्न पाईदैन ? : गृहमन्त्री शर्मा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

के राष्ट्र र जनताका हितमा एकता गर्न पाईदैन ? : गृहमन्त्री शर्मा



काठमाडौं, असोज ३१ ।

गृहमन्त्री एवम् नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाल र नेपाली जनताकोे हितका लागि दुईवटा वामपन्थी पार्टीबीच एकता गर्न नपाइने कहाँ हुन्छ ।

‘मेरो पार्टीले वाम एकीकरणको प्रस्ताव ल्याउँदा मैले कसरी नस्वीकारने कुरा हुन्छ,’ उनले भने, ‘के राष्ट्र र जनताका पक्षमा एकता गर्न पाईदैन ?’

गृहमन्त्री शर्माले आफ्नो पार्टीले अहिलेकै अवस्थामा सरकार न छोडने बताए । मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले चुनाव सार्ने प्रपन्च भएको सूचना पाएपछि, आफुहरुले सरकार नछोड्ने निर्णय गरेको जानकारी गराएका हुन ।

‘तपाईहरुलाई खास बोलाएको सरकार छोडने विषयमा जानकारी गराउन्लाई हो, तर निर्वाचन सार्ने प्रपन्चका बारेमा सुचना पाएपछि अब सरकारबाट बाहिरीदैनौँ,’ उनले भने ।

गृहमन्त्रीले शर्मालृ माओवादी केन्द«ले सरकार छोडने विषयमा विज्ञप्ती नै तयार पारिसकेकोे तर परिस्थ्तिि अचानक बदलिएपछि आफूहरु उक्त निणर्यबाट पछि हटेको बताए ।

सरकारमा रही रहने नैतिकता हुन्छ त भन्ने प्रश्नको जवाफमा उनले भने, अहिलेको मुख्य नैतिकता तोकिएको समयमा शान्तिपूर्ण वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने हो ।’

मन्त्री शर्माले पत्रकार सम्मेलन गर्नु अघि गृहसचिव लोकदर्शन रेग्मी, सुरक्षा प्रमुखहरु, मन्त्रालयका कर्मचारीहरु लगायतसँग कुरा गर्दै मन्त्रालयलाई कोमामा राख्न काम भएको प्रति दुख व्यक्त गरेका थिए ।

गृहमन्त्री शर्माले चुनाव कुनै पनि हालतमा सार्न नदिने र तोकिएकै मितिमा चुनाब गराउन माओवादी र गृहमन्त्रालय दृढ रहेको बताउका थिए ।