के ओली नेपालको राष्ट्र निर्माता बन्न सक्लान ?
-केबी थापा
पृथ्वीनारायण शाहको नेतृत्वमा देशभक्त भारदार र किसानहरू मिलेर निर्माण गरेको राष्ट्र नेपालमा कोतपर्व पछि नेपालको राजनीतिमा अति ठुलो रूपान्तरण भयो र सधैँ देशभक्तहरूको नियन्त्रणमा रहेर सारा विश्व उपनिवेश बनाउन हिँडेका महाशक्तिशाली अङ्ग्रेज सेनालाई घुँडा टेकाउने नेपालको देशभक्त सोंच जंगबहादुर राणाले धरासायी पारे ।
त्यसपछि नेपाली राजिनितीमा सधैँ तीन वटा धारहरू मुलरुपमा रहने गरेको पाइन्छ । त्यसपछि देश सञ्चालनमा पहिलो पक्ष अङ्ग्रेज परस्त भारदारहरूको बन्यो त दोस्रो पक्ष कुनै न कुनै रूपमा जंगबहादुरको विरोध गरिरहने निर्वासित शक्तिको रूपमा देखा पर्यो र तेस्रो मध्यम मार्गी पक्ष थियो जसले दुइटाको बिचमा काम गर्यो ।
०७ को परिवर्तन पछि दक्षिणबाट अंग्रेजहरुको पलायनका कारण त्यो शक्ति सन्तुलनले नयाँ रूप धारण गर्यो । त्यसमा दिल्लीको निकट रहेर काम गर्ने नेपाली काँग्रेस जस्ता दक्षिणपन्थी मानिनेहरु ०१७ सम्म प्रभावशाली रहे र ०१७ पछि मध्यमार्गी रूपमा रहेको दरबार अघि आयो र पहिलो शक्ति बन्न पुग्यो दोस्रोमा नेपाली काँग्रेस र कम्युनिस्टहरू रहे त्यही स्थिति करिब ०२७ सम्म रह्यो तर ०२७ को झापा विद्रोह पछि तेस्रो पक्ष को उदय हुन पुग्यो यो अवस्था ०४७ सम्म कुनै न कुनै रूपमा रह्यो भने ०४७ मा एकातिर राजा त अर्कोतिर ने.का. र बाममोर्चाका साथै तेस्रो शक्तिको रूपमा आफैलाई क्रान्तिकारी ठान्ने बाम घटकहरूको संयुक्त रास्ट्रसंघीय जनआन्दोलन संयोजन समिति ०४७ चैत्र २४ पछि नेपाली राजनीति मा दबदबा कायम गर्नपुग्यो । जस्लाइ छल्न ने.का. र बाममोर्चाले दरबार सामु आत्मसमर्पण गरे र जन उभारलाई थन्क्याउन सफल भय ।
यी सबै राजनीतिक परिवर्तनहरू कहिल्यै स्वतस्फुर्त नभई जहिले पनि औपनिवेशिक शक्तिहरूले नेपाललाई खेलौना बनाउदैं आएका छन् । ०७ मा मातृका सँग दिल्लीले कोसी खायो त०१६ मा बि.पी. बाट गण्डकी फुत्कायो त ०४८ मा गिरिजाको हातबाट टनकपुर खायो , पछि बामपंथीहरू सबै मिलेर चर्को दबाब सिर्जना गर्दा एकातिर रहस्यमय तरिकाले एमालेका नेता मदन भण्डारी र जिवराज आश्रीत दुर्घटनामा मारिए र आम निर्वाचनमा त्यही शोकलाई राजनीतिक रूप दिदैं सत्ता हात पार्न सफल भएको एमालेले सुटुक्क सिङ्गै महाकाली नै दिल्लीलाई बुझायो । यसले बामपंथीहरु बिच ठुलो विभाजन ल्यायो । एमाले फुट्यो , माओवादी हतियार उठाउदैं जङ्गल पस्यो ।
जनताले अब लिम्पियाधुरा सम्मको नेपाली भूभाग फर्किने , असमान सन्धि खारेज हुनें ,बेचिएका नदिनाला फिर्ता हुने आशा गर्दै युद्धमा होमिएको माओवादीलाई साथ दिए । उनीहरूले पनि राष्ट्रिय स्वाधीनताको कुराहरू उठाउदैं जनता सामु दक्षिण छिमेकी विरुद्ध सुरुंग खन्ने चर्का नारा दिदैं चिन परस्त महापन्च कृतीनिधी विष्टको नेतृत्वमा कालापानी लिम्पियाधुरा मुक्तिको अभियान चलाए । बाहिर राष्ट्रिय हितको लागी बलिदान दिएजस्तो देखाएर भित्रभित्रै विदेशी इसारामा हिजोको काँग्रेस -एमाले भन्दा झनै तल्लो स्तरमा गिरेर देशको राजनीतिक स्थायित्वलाइ खल्बल्याउन विश्व विजयी शक्तिको रूपमा स्थापित नेपाली सेनालाई कमजोर पार्ने , नेपालका राजाले राष्ट्रिय स्वाधीनता एवं अस्मिताको पक्षमा लिएका सबै अडानहरूलाई खल्बल्याउने काम माओवादी बिद्रोहीबाट हुन गएको देखियो ।
नेपालका बुद्दिजिवीले कृश्चियनहरुले नेपालको धर्म-संस्कृति मास्ने योजना बनाउदैं खरबौं डलरका प्रोजेक्ट चलाइरहेका र त्यसको विरुद्धमा सबै देशभक्त क्रान्तिकारी उभिनुपर्ने कुरा बारम्बार उठाउदैं गर्दा ने.का.,एमाले,माओवादी मात्रै होइन जनताले सच्चा देशभक्त मान्दै सम्मान दिएका नेकपा मशाल , मजदुर किसान पार्टी , नेकपा माले जस्ता दलहरू पनि विदेशीको इसारामा दिल्लीमा नेपालको नेपालको अस्तित्व मेटाउने अन्तर्राष्ट्रिय कृश्चियन क्रुसेडी र मुस्लिम मुस्लिम जेहादीहरुको तुस्टिकरणक लागी काम गरिरहेकी सोनिया गान्धीको काँग्रेस आइ को इसारामा बार्हबुदें सहमति नामको दोस्रो रास्ट्राघाती देल्ही सम्झौता गर्न पुगे ।
विदेशीहरूकै डिजाइन अनुसार विदेशी सेनालाई सादा पोसाकमा देशमा उतारेर जनप्रिय राजा बिरेन्द्रको वंश नाश गर्ने देखी लिएर ०६२/०६३ को आन्दोलनको नाटक रचियो ।
आन्दोलनको नाममा विदेशी शक्तिले दल र सेनालाई मिलाएर नेपालको राष्ट्रिय एकताको प्रतीक सम्मानित राजसंस्था पनि समाप्त पारे । त्यति मात्र नभई देशको अखण्डता ,सार्वभौमसत्ता र सम्प्रभुता माथि ठाडो हस्तक्षेप गर्नकै लागी लगभग पचासौं लाख विदेशीलाई नागरिकता प्रदान गर्न लगाइयो । यसरी विदेशीलाई नागरिकता बेचेर काँग्रेस ,एमाले, माओवादीका कार्यकर्ता सुरक्षाकर्मी र कर्मचारीहरू मेटाए भने त्यस्ता कुकर्म गरेबापत फाटेका चप्पल लगाएर हिँड्ने भोकानांगा सुकुम्बासीहरू रातारात खरबौंपती बन्न पुगे । त्यति मात्र नगरी गिरिजा एन्ड कम्पनीले पहिले रु१५ मा सटही हुने डलर रातारात रु ४२ पुर्याएर मुद्राप्रणालीमा कालोबजारी गरेर अरबौं खरबौं लुटे त्यतिले पनि नपुगेर राजा महेन्द्रले खडा गरेका राष्ट्रलाई आत्मनिर्भर बनाउने उद्योग धन्दा र कलकारखाना तथा संस्थानहरु गुन्द्रुकको भाउमा बेचेर कमिसन कुम्ल्याई देशको अर्थतन्त्रलाई तहस नहस पार्दै नेपाल सिक्किम नबन्दा सम्म उठ्न नसक्ने गेमप्लान लाई बढावा दिने कार्य भयो ।
अब नेपाली जनता दलहरूबाट आजित नै भैसकेका थिए संविधान बनाउन भन्दै ६०१ को जमात सांसद टोली त्योपनी दुइदुइ पटक निर्वाचन गरेर देशलाई असफल राष्ट्र बनाउन कुनै कसर बाकीं राखेनन रास्ट्रवादको खोल ओढेका राजनीतिक दलहरूले । यस्तो अवस्थामा नेपाली जनता सामु कतैबाट कुनै विकल्प पनि देखिएन । त्यसैबिच देशमा महाभुकम्पले सोर्ह जिल्ला ध्वस्त भए भने कैयौँ जिल्ला क्षतिग्रस्त हुन पुगे । राजनैतिक दलका कार्यकर्ता बाहेक सर्वसाधारण जनता मात्र होइन राजधानी र त्यसको आसपास हुने जनताले पनि कुनै प्रकारको सहयोग पाएनन् । जबकि प्रचण्ड प्रधानमन्त्री हुँदा भूकम्प पीडितको नाउँमा छ महिनामा नौ खरब उडाएको तथ्याङ्क छ । यसरी जनता आजित बनेको अवसर पारेर कृश्चियनहरुकै जालझेलमा रातारात नेताहरू डलरमा खरिदबिक्री हुँदै बाइबलको आकारको संविधान जारी गरियो । त्यतिनै बेला उक्त संविधान मा मधेसीहरूलाई अधिकार कम भएको भन्दै विभिन्न निहुँमा दक्षिणी छिमेकीले अघोषित नाकाबन्दी थोपर्दै भूकम्पले दिएको घाउमा नुन छर्कने कार्य गर्यो ।
नेपाली जनता आक्रोशित थिए उनीहरू चाहन्थे कि त्यसको विरुद्ध उभिने कुनै नेता होस । ने.का. ले उक्त अघोषित नाकाबन्दीको विरोधमा चुं सम्म पनि गर्ने हिम्मत नगर्दा मधेसी नेता जस्तै नाङ्गो रूपमा जनतासामु दक्षिणको दलाल साबित भयो । त्यसैबेला कार्यकारणले ओली प्र.म. बन्न पुगे ओलीलाई सबैले टनकपुर र महाकाली सन्धिको बेला देखी नै दक्षिणको पुजारी एवं अत्यन्त बिश्वासपात्र मानिन्थ्यो तर ओलीले केही कुरामा अडान देखाए दक्षिणले गरेको थिचोमिचोको विकल्पको रूपमा उत्तरतर्फ निकटता बढाउँदै दक्षिणलाई झुक्न बाध्य पारे । दक्षिण पनि कहाँ चुप बस्थ्यो र उसले प्रचण्डलाई फकाएर देउवा सँग मिलाएर ओली नेतृत्वको सरकार ढाल्ने कार्य अनि गर्यो जसको कारण ओलीको उचाइ नेपाली राजनीतिमा रातारात बढाउदैं उन्लाइ एक रास्ट्रवादी नेताको स्थान दिलायो ।
जसको परिणाम गत सालको स्थानीय निर्वाचनमा ओली र उनको पार्टी शक्तिशाली रूपमा स्थापित बन्न पुग्यो । ने.का.सँग लागेर आफ्नो हैसियत नरहने र अस्तित्व नै धरापमा पर्ने देखेर रङ्ग फेर्न सिपालु प्रचण्ड रातारात ओलीको पुच्छर समाउदैं बाममोर्चा बनाउन पुगे । यो मोर्चा कति दिन चल्ने हो त्यो त थाहा छैन तर ओलीको सरकार चाहिँ बनेको बनेको छ । नेपाली जनताका आशा, इक्षा र आकाङ्क्षा धेरै बढेका छन् तर ओलीले नाका ले ०१७ मा डुबाएको देशलाई राजा महेन्द्रले उकासे जसरी उकास्दै राष्ट्रिय -अन्तर्राष्ट्रिय व्यक्तित्व निर्माण गर्न सके भने उनी सांच्चिकै जननेता ठहरिने छन् तर ओलीको दलभित्रका पश्चिमा एनजीओबादी र लोभिपापी नेताहरूले नै उनलाई धराशायी पार्ने जस्ता गतिविधि देखिन थालेका छन् ।खास गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले काठमाडौँ मा आएर गौतम बुद्ध जन्मिएको देश नेपाल भनिसकेपछी दक्षिणी छिनेकीलाई चिढाउन कै लागी खुला मञ्चमा एनजीओ वादीहरूकै बिचमा गएर चर्को भाषण दिनुको कुनै तुक देखिँदैन ।
हो यदि उनले युरोपियन युनियन बाट गतिलै फाइदा लिएका हुन र त्यसैको ऋण तिर्न गरेका हुन भने त्यसको मूल्याङ्कन र पर्दाफास समयले गर्ने नै छ अहिल्यै आत्तिनु पर्ने केही छैन ।यसै गरी हाम्रो देशको भौगोलिक बाध्यता र छरछिमेक सँगको आत्मीयताका कारण नयाँ प्र.म.ले दक्षिणी छिमेकीलाई पहिला भेट्ने परम्परा पनि यस पटक तोड्ने काम भयो । त्यतीमात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा बेइजिंग र दिल्लीका मुद्दा मात्र नेपालले उठाउँदै आएकोमा यस पटक मित्ररास्ट्र पाकिस्तानका प्र.म.ले वन बेल्ट वन रोड(OBOR) को व्याख्या गर्ने जस्ती अर्गेल्याइं गरेको देख्दा देशका बुद्धिजीवी वर्ग आश्चर्य चकित परेका छन् झस्का कारण ओलीको निकटतम दिल्ली भ्रमण फकदायी हुनेमा धेरैले शङ्का उपशंका गर्न थालेका छन् ।
विद्या भण्डारीलाई पुन: राष्ट्रपति बनाउनु , आफन्तहरूलाई शक्तिशाली र महत्त्वपूर्ण मन्त्रालय जिम्मादिने कार्यले ओलीले आफ्नै दलभित्र पनि आम सहमति जुटाउन सकेका छैनन् भन्ने देखिन्छ त जनकपुर जस्तो दक्षिण एसिया कै धार्मिक केन्द्र मध्य एक मानिने राज्यमा नेताहरूले मुस्लिम मुख्यमन्त्री बनाए जस्तै ओलीले शक्तिशाली स्थानमा आफूजस्तै प्राज्ञकी स्तर न्यून रहेका मान्छेहरू भर्ने कुराले पनि उनको पृथ्वीनारायण शाह र राजा महेन्द्र पछिको सफल रास्ट्रवादी वा रास्ट्रनिर्माता बन्ने कुरामा सन्देह गर्न प्रशस्त ठाउँ छोडेको छ । ओली र नेपाली राजनीतिलाई नजिकबाट नियाल्नेहरुको मनमा एउटा प्रश्नले खुल्दुली मच्चाउन थालेको छ अब के ओली साच्चिकै राजा महेन्द्र पछीको राष्ट्रवादी जननेता बन्लान भन्ने जनताको चाहनामा खरो उत्रन सक्लान या उन्के राष्ट्रवाद दूधको चौकीदार बिरालो भनेझैँ हुनेभो ? निर्णय समयले गर्ने छ ।
जय नेपाल ,जय नेपाली ।