के अब आउने निर्वाचनमा काँग्रेस सुधारिएला त ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

के अब आउने निर्वाचनमा काँग्रेस सुधारिएला त ?



-दिपक पाण्डे 

के अब आउने निर्वाचनमा काँग्रेस सुधारिएला त  ? यो प्रश्न अब काँग्रेसको हरेक पदाधिकारी र काँग्रेसको हरेक क्रियाशील सदस्यता सँग उब्जने छ  । यो उब्जनु स्वभाबिक पनि हो मैले यहाँ केन्द्रका कुरा गर्न खोजेको छैन  । म एक काँग्रेस को कार्यकर्ता र भोटरको रूपमा स्थानीय तहबाट नै कुरा गर्न खोजेको छु र मैले देखेका काँग्रेसका स्थानीय तहका विकृति बारेमा हो  ।

मलाइ काँग्रेस बन्नमा प्रेरित गरेको एउटा घटना छ  । त्यो मेरो आफ्नै परिवार सँग गासिएको छ   ।सायद त्यो विषय यहाँ लेख्नु त्यति उचित छैन होला र अहिले लेख्न पनि म चाहन्न कुनै दिन त्यो लेख्नु पर्ने र भन्नु पर्ने समय आयो भने अवश्य भन्ने छु  ।

तर मैले अझै अर्को विकल्प के खोजौँ भन्ने कुरा म जस्तै धेरै कांग्रेसीमा उब्जिएको छ  ।मलाइ एमाले बन्न मन छैन माओवादी बन्न मन छैन किनकि मलाइ तिनीहरूको चरित्र मन पर्दैन  । संगठानिक रूपमा उनीहरूको जे चरित्र छ, त्यो भन्दा काँग्रेसको चरित्र दश गुणा राम्रो छ भन्ने कुरा मैले बुझेको छु, देखेको छु र भोगेको छु  ।त्यसैले काँग्रेस बाहेक मलाइ माओवादी र एमाले मेरो लागि विकल्प हुनसक्छन भन्ने चाहिँ लाग्दैन  ।

यो लेख्न बस्दै गर्दा मैले एउटा समाचार पढ्दै थिए समाचार बिबिसी नेपालीमा थियो र शीर्षक थियो काँग्रेसमा ‘व्यापक सांगठनिक परिवर्तनको तयारी’ यो शीर्षकले मलाई एउटा खुसी दियो र मनमा आशा पलायो तर यो बैठकले समाचारमा आय जस्तो व्यापक सुधार हुन्छ भन्ने चाहिँ म आफूलाई लाग्दैन तर गर्नु पर्छ भन्ने लाग्छ  ।  केन्द्रले सुधार गर्दैमा स्थानीयमा सुध्रिन्छ भन्ने हैन तर केन्द्र सुधारियो भने ५० प्रतिशत स्थानीय पनि सुध्रिन्छ भन्ने हो  ।

मेरा एक जना मित्र छन् उनले बेला बेला भन्ने गर्छन् बाहिर देखाउनको लागि शेरबहादुर ठिक छन् विपक्ष नेताहरू भन्दा हाम्रा देउवा ठिक छन् भन्ने बनाउनु पर्छ भित्र जस्तो भय नि तर म त्यस्तो गर्नु हुँदैन भन्ने मान्यता राख्छु   । सायद नेपाली काँग्रेसको एउटा विशेषता छ  ,नेतृत्व ले गरेका कुरालाई हु बहु स्वीकार गर्नु पर्छ र विरोध गर्नु हुँदैन भन्ने मान्यता काँग्रेसमा छैन यो मेरो लागि एक दमै मन पर्ने मान्यता हो  ।

म तेह्रौ महाधिवेशन ताक गाउँ मै थिए भर्खर क्षत्रिय अधिवेशन सकिएको थियो  । म उतिबेला पनि सिटौला प्यानलले सभापति र महामन्त्री जित्नु पर्छ भन्ने लागेको थियो र यस्तै कुरा गर्ने क्रममा एक जना स्थानीय नेताले भनेको सम्झन्छु   ।गगन थापाको अझै उमेर भएको छैन हतार गर्‍यो महामन्त्रीमा नउठ्नु पर्थ्यो भन्ने जस्ता कुरा राखे सम्भबत त्यस्तै सोचको पारीणाम पनि होला अहिले गएको निर्वाचनमा काँग्रेसले पाएको नतिजा  ।

अर्को एउटा विषय स्थानीय समिति र अहिले त देउवाले पनि त्यसैको कारणले चुनाव हारे भनेर उम्कन खोज्दै छन्   । त्यो कारण हो अन्तर्घात तर मलाई गाउँ कै एउटा बैठकमा बस्ने अवसर मिलेको थियो   ।रातिको समयमा बसेको त्यो बैठकमा पार्टीलाई गरेको अन्तर्घातको कुरा चिच्याई चिच्याई सुनाइएको थियो तर म यसको पक्षमा भने छैन किनकि जनताहरू एक्काइसौ शताब्दीमा छन्  । को ठिक को बेठिक भन्ने कुरा छुट्टाउन सक्छन् र टिकट दिँदै गर्दा जनताले खोजेको को हो ? जनता ले रुचाएको नेता को हुन् ? भन्ने कुरा पार्टीको हरेक कार्यकर्ता र नेताहरूले बुझ्नु जरुरी छ  । नेताहरूले रुचाएको व्यक्तिलाई हराउन अन्तर्घात नै गर्नु पर्ने जरुरी हुँदैन र जनताले रुचाएको नेतालाई न अन्तर्घातले हराउन सक्छ न धनले हराउन सक्छ ! त्यसैले अन्तर्घात भन्दा चुनावमा टिकट दिँदा कस्तो नेतालाई दिने भनेर समीक्षा गर्नु र त्यसबारे नियम स्थानीय तह देखि बनाउनु जरुरी छ  ।

धेरै कार्यकर्ता र धेरै मतदाताहरूलाई अर्को निर्वाचनमा तान्दै गर्दा पार्टीमा आकर्षण नेतृत्व हुनु जरुरी छ  । जस्तो गएको निर्वाचनमा म चुनाव मै हिँड्दै गर्दा पनि एउटा अनुभव छ   । त्यो हो नेत्रित्वोले गरेका गल्तीहरू पहिला जस्तो समय छैन   ।  अहिले सरकारले के गर्दै छ कस्ता निणयहरू गर्‍यो भन्ने कुरा अहिले जनता एकदमै छिटो प्राप्त गर्छन्   । के ठिक हो के बेठिक हो भन्ने कुराहरू छुट्टाउन सक्छन्  । त्यसैको एउटा उदारण थियो आइ जी पी प्रकरण देखि प्राधान न्यायाधीशलाई महाअभियोग लगाउने विषय त्यति बेला माओवादी र काँग्रेस दुवै मिलेर लगाइयो   । एमालेमा गठबन्धन गरेपछि माओवादी चोखियो तर त्यसको भार सबै काँग्रेसले लिनु पर्‍यो   । त्यो कति ठिक कति बेठिक भनेर न नेत्रित्वले प्रष्ट्र भन्न सक्यो न हामीले त्यसबारे बोल्न नै सक्यौ । त्यसैले सही नेत्रित्वले नै सही काम गर्छ र सही कामको पक्षमा जनताले साथ दिन्छन  । त्यसैले स्थानीय तहमा भोट माग्दै जाँदा नेत्रित्वमा को छ भनेर देखाउन सक्ने तागत म जस्तो कार्यकर्तामा हुनु पर्छ  । अनि  म जस्तो कार्यकर्तालाई विकल्प खोज्नु पर्ने हैन कि अरूकोलाई काँग्रेस विकल्प बन्न सकोस्   । यो अहिले बस्दै गरेको बैठकले अर्को निर्वाचनमा काँग्रेस सुधारिएर जाहोस भन्ने मेरो चाहाना पुरा गर्ने छ भन्ने मा आशावादी छु  । जय नेपाल !