कति तिर्न तयार भए पुर्णकलाको आँसुको मुल्य प्रेम सापकोटाले(भिडियो सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कति तिर्न तयार भए पुर्णकलाको आँसुको मुल्य प्रेम सापकोटाले(भिडियो सहित)



मङ्सिर ६/ काठमाडौँ

लगनको मैना सुरु भए लगत्तै नेपाली साङ्गीतिक बजार पन्चेबाजाका गीतहरूले तात्तियको छ । विशेष गरी वैवाहिक सम्बन्ध गास्नको लागि वर्ष भरीमा मङ्सिरलाई उपयुक्त महिना मानिन्छ । कतिले आफूले मन परायको मायालु लाई जीवन भरको लागि पाउछन् भने कतिले जीवन भरकै लागि गुमाउछ्न यो बेला यस्तै खुसी र दु:ख का भावनाहरुलाइ समेटेर कलाकार हरुले गीत बनाउछ्न् ।

यसैक्रममा भर्खरै मात्र एक प्रेम जोडीले आफ्नो प्रेम गुमाएको कथामा आधारित हरि शर्माको पन्चेबाजा गीत आँसुको मूल्य साङ्गीतिक बजारमा सार्वजनिक भएको छ । प्रेम सापकोटा सोनु र पुर्णकला बिसिको सुमधुर स्वरमा रहेको उक्त  गीतको भाका गायक तथा सर्जक प्रेमले बनाएका हुन भने किस्ना आचार्य रोशनीको शब्द सिर्जना रहेको छ ।

कपिल लामाले निर्देशन गरेको आशुको मूल्य म्युजिक भिडियोलाई राजेश घिमिरेले खिचेका हुन भने सुजन शाहीले सम्पादन गरेका छ्न । हमाल म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको यश गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम ,रन्जिता गुरुङ र हरि शर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।