कति प्रतिशत फिट छन् रोनाल्डो ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कति प्रतिशत फिट छन् रोनाल्डो ?



स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो आउँदो हप्ता हुने च्याम्पियन्स लिग फुटबलको फाइनलका लागि फिट हुने रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् ।

रियल मड्रिडले मे २६ मा च्याम्पियन्स लिगको उपाधिका लागि इंग्लिस क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ । अहिले चोटका कारण मैदान बाहिर रहेका रोनाल्डो किएभमा हुने फाइनलका लागि १२० प्रतिशत फिट हुने प्रशिक्षक जिदानले बताएका छन् ।

दुई हप्ताअघि ला लिगा अन्तर्गत भएको एल क्लासिकोको क्रममा ३३ वर्षे स्टार स्ट्राइकर रोनाल्डो चोटग्रस्त भएका थिए । उनको गोडाको जोर्नी अर्थात गोलीगाँठोमा समस्या देखिएको थियो । त्यसयता उनी मैदानमा देखिएका छैनन् ।

बार्सिलोनासँग रियल मड्रिड बराबरीमा रोकिएको थियो । रोनाल्डो ला लिगा अन्तर्गत शनिबार राति हुने सिजनको अन्तिम भिल्लारियलसँगको खेलमा भने रोनाल्डोले खेल्ने सम्भावना छ ।

रियल मड्रिड लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ र यसअघिका दुई सिजन जस्तै उसले यो पटक पनि उपाधि जितेर कीर्तिमान बनाउने लक्ष्य लिएको छ ।

जिदानले भने, ‘अहिले रोनाल्डो १२० प्रतिशत फिट छन् । उनी ठिक छन् । रोनाल्डो १२० प्रतिशत फिट हुनु मेरा लागि पनि राम्रो कुरा हो ।’