काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं- काठमाडौंको गोकर्णेश्वरमा बा ८८ प १९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ६० वर्षीया आङ्गलामु शेर्पाको मृत्यु भएको छ।

बिहीबार साँझ ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते शेर्पाको उपचार क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो। सवारी दुर्घटनामा संलग्न चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ।