२०७५ असार ९, शनिबार

कस्तो रोग हो डा. उपेन्द्र देवकोटालाई लागेको ‘बाइल डक्ट क्यान्सर’ ?

June 12, 2018
64 Views
Spread the love
  • 38
    Shares

प्रख्यात स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा अहिले बाइल डक्ट (पित्तवाहिनी नली) को क्यान्सर लागेर मृत्युसंग संघर्ष गरिरहेका छन् । उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उनी त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल फर्किएका हुन् । आखिर बाइल डक्ट क्यान्सर कस्तो हो त ? के कारणले लाग्छ यो रोग ?

के हो बाइल डक्ट ?

बाइल डक्ट पित्तबाहिनी नली हो । यो कलेजोको तल्लो भागमा जोडिएको हुन्छ । यो सानो नली हो, जो कलेजोदेखि सानो आन्द्रासम्म पुगेको हुन्छ । बाइल डक्टको मुख्य काम कलेजो र पित्तथैलीमा बनेका ‘बाइल’ नामको तरल पदार्थलाई सानो आन्द्रासम्म पु¥याउनु हो, जहाँ यसले खानामा रहेको चिल्लो पदार्थ पचाउने काम गर्छ ।
बाइल डक्टका विभिन्न भागका विभिन्न नाम हुन्छन् । कलेजोमा यो थुप्रै साना नलीको रुपमा सुरु हुन्छ, जसलाई ‘डक्ट्युल्स’ भनिन्छ । यिनै नलीले कलेजोका कोषहरुबाट बाइल नामक तरल पदार्थ संकलन गर्छन् । डक्ट्युल्सहरु एकठाउँमा जम्मा भई साना डक्ट बन्छन् र त्यसपछि ती पनि मर्ज भई ठूला डक्ट बन्छन् । ठूला डक्टहरु बायाँ हेपाटिक डक्ट र दायाँ हेपाटिक डक्टको रुपमा हुन्छन् । कलेजोमा रहेका यी सबै डक्टलाई ‘इन्ट्राहेपाटिक डक्ट’ भनिन्छ ।

कलेजोबाट निस्किएका दायाँ र बायाँ हेपाटिक डक्ट अलिक तल आएपछि ‘कमन हेपाटिक डक्ट’ नामले एउटै बन्छन् । यही कमन हेपाटिक डक्टमा पित्त थैली जोडिएको हुन्छ । पित्त थैली र कमन हेपाटिक डक्ट जोड्ने सानो नलीलाई ‘सिस्टिक डक्ट’ भनिन्छ । सबैको संयुक्त डक्टलाई ‘कमन बाइल डक्ट’ भनिन्छ । यो कमन बाइल डक्ट प्याङक्रियाज हुँदैं सानो आन्द्रा (ड्युडेनम) मा पुग्छ ।

यी विभिन्न प्रकारका बाइल डक्ट सिस्टम अर्थात् पित्तवाहिनी नलीमध्ये कुनै पनि नलीमा क्यान्सर हुन सक्छ ।

यस्तो क्यान्सर मुख्यतयः ३ प्रकारका हुन्छन् :

१. इन्ट्राहेपाटिक बाइल डक्ट क्यान्सर
२. पेरिहिलार (हिलार पनि भनिन्छ) बाइल डक्ट क्यान्सर
३. डिस्टल बाइल डक्ट क्यान्सर

इन्ट्राहेपाटिक बाइल डक्ट क्यान्सर

यो क्यान्सर कलेजोभित्र रहेका साना बाइल डक्ट अर्थात् पित्तवाहिनी नलीहरुमा विकास हुन सक्छ । यस्तो क्यान्सर लाग्दा कहिलेकाही कलेजोका कोषमा सुरु हुने क्यान्सर भनेर झुक्किने अवस्था पनि आउन सक्छ र त्यहीअनुसार उपचार गरिन्छ । कलेजोका कोषमा लाग्ने क्यान्सरलाई भने ‘हेपाटोसेलुलर कार्सिनोमाज’ भनिन्छ ।

पेरिहिलार बाइल डक्ट क्यान्सर

दायाँ र बायाँ हेपाटिक डक्ट जोडिने ठाउँ ‘हिलम’मा विकास हुने क्यान्सरलाई पेरिहिलर बाइल डक्ट क्यान्सर भनिन्छ ।

डिस्टल बाइल डक्ट क्यान्सर

यो क्यान्सर सानो आन्द्रानजिकै हुन्छ । यो चाहिँ कलेजोबाहिर सुरु हुन्छ ।

तर सबै खालका बाइल डक्ट ट्युमरहरु क्यान्सर हुँदैंनन् । क्यान्सर नहुने ट्युमरलाई ‘बाइल डक्ट हामार्टोमाज’ र ‘बाइल डक्ट एडिनोमाज’ भनिन्छ ।

यो क्यान्सर कहाँ बढी छ ?

बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) अमेरिकामा दुर्लभ खालको क्यान्सर मानिन्छ । अमेरिकामा हरेक वर्ष ८ हजार मानिस यो रोगबाट पीडित भइरहेका हुन्छन् । तर दक्षिणपूर्वी एशियामा भने यो रोगबाट बिरामी अलि बढी नै पाइन्छन् । यो रोग सानो उमेरमा लाग्न सक्ने भएपनि बढीचाहिँ वयस्कहरुमा देखिन्छ । अमेरिकामा इन्ट्राहेपाटिक बाइल डक्ट क्यान्सर लाग्ने उमेर ७० छ । यसको सर्भाइभल रेट अर्थात् बाँच्ने सम्भावना भने कुन स्थानमा लागेको छ र कुन चरणमा यो पत्ता लाग्यो भन्नेमा भर पर्छ ।
यो ढिलो विकास हुने क्यान्सर हो । यसले पित्तवाहिनी नलीहरुमा अवरोध पु¥याइसकेपछिमात्र थाहा हुन्छ । यस्तो अवरोधले हेपाटाइटिस या प्याङक्रियाटाइटिस हुने सम्भावना हुन्छ ।

कस्ता हुन्छन् यसका लक्षण ?

पित्तवाहिनी नलीमा क्यान्सरका कारण अवरोध भएपछि कलेजो सुन्निने (हेपाटाइटिस) हुन्छ । यसका लक्षणमा छाला र आँखा पहेंलो हुने (जण्डिस), चिलाउने, पेट दुख्नु, फुल्नु र तौल घट्नु हुन् । अलि–अलि ज्वरो आउन सक्छ भने कहिलेकाही पिसाब बाक्लो र दिसा कालो हुने पनि हुन सक्छ । खान मन नलाग्ने, कमजोरी र शक्ति हराएको अनुभूति हुन सक्नेछ ।
यो क्यान्सर नबढुन्जेल र सुरुवात भएको स्थानबाट नफैलिउन्जेल लक्षण देखिदैंन । पेट दुख्ने समस्या अन्तिम चरणमा देखिन सक्छ । पेटको दाहिने माथिल्लो भागमा दुख्नु कलेजो सुन्निनुको कारण हुन सक्छ ।

सम्भव छ उपचार ?

यसको उपचारका विभिन्न विधिहरु छन् । डाक्टरले सबैभन्दा पहिले बिरामी शल्यक्रियाका लागि योग्य छन् कि छैनन् भनेर हेर्छन् । शल्यक्रियाबाट क्यान्सरजन्य ट्युमर हटाउन सकिन्छ । तर अपरेशनपछि आवश्यकमात्रामा स्वस्थ कलेजो बाँकी नरहन पनि सक्छ । त्यसैले शल्यक्रियालाई प्राथमिकता दिँइदैंन । अर्को विकल्प भनेको क्यान्सर लागेको कलेजोतर्फको रगत आपूर्तिलाई बन्द गरिदिने । यसले गर्दा अर्को भागतिरको कलेजो पलाउन सक्ने विश्वास गरिन्छ । केही सातापछि शरीरलाई आवश्यकमात्रामा कलेजो पलाइसक्छ र ट्युमर लागेको भागलाई शल्यक्रियाबाट हटाउन सकिन्छ ।

यस्तै, अनुसन्धानकर्ताहरुले रेडियसन थेरापीको प्रभावकारिता वृद्धिका लागि अनुसन्धान गरिरहेका छन् । यसको अन्य विधिका उपचारमा थ्रिडी कन्फर्मल रेडियसन थेरापी, इन्टेन्सिटी मोडुलेटेड रेडियसन थेरापी र स्टेरियोट्याक्टिक बडी रेडियसनजस्ता विधि विकसित मुलुकमा उपलब्ध छन् ।
(स्रोत : क्यान्सर डट ओआरजी)

Facebook Comments
  • 38
    Shares

You may be interested

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १
खेलकुद
0 shares9 views
खेलकुद
0 shares9 views

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १

himal post - २०७५, ९ असार १८:१७

विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो…

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
समाचार
0 shares13 views
समाचार
0 shares13 views

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

विशाल पाण्डेय - २०७५, ९ असार १८:१०

गोविन्द बीसी / बौनिया,कैलाली । नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । विभिन्न १७…

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी
समाचार
0 shares12 views
समाचार
0 shares12 views

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी

विशाल पाण्डेय - २०७५, ९ असार १७:३९

मंगल बास्कोटे / लम्की ,कैलाली । नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने…