ताेकियाे सबैकाे कार्याकाल! अब कस्काे अवधि कति ? हेर्नुहाेस् ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ताेकियाे सबैकाे कार्याकाल! अब कस्काे अवधि कति ? हेर्नुहाेस् !



बुटवल । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभाका कुन–कुन सदस्यको कार्यकाल २, ४ र ६ वर्षको हुने भन्ने टुंगो लगाउन सोमबार गरिएको गोलाप्रथामा तिमिल्सिनाले ६ वर्षको गोला तान्नुभएको हो । यस्तै, राष्ट्रयसभाका उपाध्यक्ष शशिकला दाहालको कार्यकाल ४ वर्ष कायम भएको छ ।

त्यसैगरी गृहमन्त्री रामबहादुर थापाको कार्यकाल पनि ६ वर्ष नै कायम भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।

सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् ।

गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्न व्यस्त छन् ।

जसअनुसार राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ ।  जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य छन् ।

यसैगरी सुमन प्याकुरेल चार वर्ष र रमेश यादवको दुई वर्ष कार्यकाल तय भएको छ ।