२०७५ असार ५, मङ्लबार

हाम्रो नेता यस्तो होस

March 26, 2018
115 Views
Spread the love
  • 40
    Shares

काठमाडौँ, १२ चैत : पर्यटन व्यवसायी कर्ण शाक्यले लेखेको ‘हाम्रो नेता यस्तो होस्’ नामक कृति बजारमा आएको छ ।

मुलुकमा प्रजातन्त्र आएको करीब सात दशक भए पनि राजनीतिक अधिकार सबै जनताले उपयोग गर्न नसकेको, जनताको जीवनस्तर सुधार हुन नसकेको, नेताहरु नसुध्रेको र चुनावमा राम्रो नेता निर्वाचित गर्न नसक्नु जनताको कमजोरी रहेकोजस्ता विषयलाई शाक्यले लिपिबद्ध गर्नुभएको छ ।

कृतिमा नेपाली र अंग्रेजी भाषामा विभिन्न व्यक्तित्वकोसन्देशमूलक भनाइ समावेश गरिएको छ । यहाँ आज आयोजित कार्यक्रमम नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभयो ।

सो अवसरमा नेता शाक्यले विविधताले भरिएको नेपाली समाजका विभिन्न संस्कृतिभित्र विकृति आउन थालेकामा चिन्ता व्यक्त गर्दै कृतिले नेपाली समाजलाई अनुशासित र मर्यादित बनाउन नेतृत्व वर्गलाई प्रेरणा दिने बताउनुभयो ।

नेता थापाले समाज परिवर्तनका लागि क्रियाशील नेताहरुले सिक्नुपर्ने महत्वपूर्ण अनुभव र सन्देश पुस्तकमा रहेको विचार राख्नुभयो । पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले कामको प्रभावकारितालाई उमेरले नछेक्ने सन्देश शाक्यले कृतिमार्फत दिएको बताउनुभयो ।

लेखक शाक्यले मुलुकमा विभिन्न स्रोत र साधन पर्याप्त भए पनि त्यसलाईसदुपयोग गर्न नसकेका कारण देश विकास हुन नसकेको विचार व्यक्त गर्नुभयो । (रासस)

Facebook Comments
  • 40
    Shares

You may be interested

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल

himal post - २०७५, ५ असार १०:५६

काठमाडौं– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग…

चार नाम भएका पेले र रोचक कथा
खेलकुद
0 shares15 views
खेलकुद
0 shares15 views

चार नाम भएका पेले र रोचक कथा

himal post - २०७५, ५ असार १०:४९

बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा…

अझै मुक्त भएनन् कमलरी
पत्रपत्रिका
0 shares10 views
पत्रपत्रिका
0 shares10 views

अझै मुक्त भएनन् कमलरी

विशाल पाण्डेय - २०७५, ५ असार १०:०३

कान्तिपुर : धनगढी ,कैैैलाली । सरकारले कमलरी प्रथा उन्मूलन घोषणा गरे पनि कैलालीमा अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । एक सर्वेक्षणअनुसार…