अभिनेत्री करिश्माले ९ कक्षामा कति नम्बर ल्याईन ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अभिनेत्री करिश्माले ९ कक्षामा कति नम्बर ल्याईन ?



काठमाडौं । चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धर अहिले चलचित्रमा खेल्न छोडेर विद्यालय जान व्यस्त देखिन्छिन् । उनले कक्षा ९ उत्तीर्ण गरेर १० कक्षामा पुगेकी छन् । ८ कक्षादेखि मैतिदेवीमा रहेको त्रिवेणी पब्लिक स्कूलमा पढिरहेकी करिश्मा निरन्तर पास भएकी छन् ।

प्रौढ उमेरमा स्कूल जान थालेकी करिश्माले ९ कक्षामा कति प्रतिशत ल्याइन् त ?

उनले आफ्नो डिभिजन भने खुलाउन चाहिनन् । मार्कसिट त हेरेकै छैन, करिश्माले भनिन्, खै राम्रै माक्र्स आयो होला । नेपाली फिल्ममा सदाबहार अभिनेत्रीको रुपमा परिचित हिरोइनलाई सबैभन्दा सजिलो र गाह्रो कुन सब्जेक्ट लाग्ला ?

म्याथ र साइन्स चाहिँ अलि गाह्रो लाग्छ, करिश्माले सुनाइन्, अंग्रेजी, अकाउन्ट, सोसल सजिलो छ । नेपाली पनि गाह्रो लाग्ने करिश्माले सुनाइन् । उनको मेजर सब्जेट चाहिँ अकाउन्ट हो ।

दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्ममा आवद्ध रहेकी करिश्माले पछिल्लो समय राजनीति र आफ्नो पढाईलाई सँगसँगै लगिरहेकी छिन् । नयाँ शक्ति पार्टीकी केन्द्रिय सदस्य समेत रहेकी करिश्मा राष्ट्रिय सभामा समानुपातिकमा उनको नाम थियो । तर उनी सांसद भने भइनन् ।