जितको ह्याट्रिक मनाउने तयारीमा के.वाई.सी क्लब कराड·तुड· ,कराड·तुड·भलिबलमा थपिदै नयाँ अध्याय - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

जितको ह्याट्रिक मनाउने तयारीमा के.वाई.सी क्लब कराड·तुड· ,कराड·तुड·भलिबलमा थपिदै नयाँ अध्याय



देबेन्द्र केसी, नयाँ दिल्ली

त्यसो त कराड·तुड·का युवाहरूको भलिबल खेल्ने पुरानो शौख हो । भलिबलका पुराना शौखिन कराड·तुड· बासीहरु विभिन्न प्रतिस्पर्धामा भाग लिन बाग्लुड· र पर्बत सम्म पुगेपनि कप जितेर ल्याउने वातावरण नहुँदा मेडलको खडेरी परेको थियो ।

१०० बर्से भलिबलको इतिहासमा थुप्रै मोजाहरुमा कपडा कोचिए र कपडा डल्लो पारेर बनाईएका मोजाका बलहरु फाटे । गाँउमा तत्कालीन २०५४ ताका खुलेको लाली गुराँस युवा कल्बले भलिबलको विकासका लागि समय , रकम र श्रोतसाधन जुटाएपनि “रहरको लागि” मात्र  भलिबल सीमित भयो ।

इतिहासका विभिन्न कारखण्डहरुमा दुर्गतिको सिकार बनेको कराड्गतुड्गको भलिबल भने अहिले चर्चाको विषय बनेको छ । अहिलेका युवाहरू विकास केसी, शङ्कर कार्की,शङ्कर केसी,बिसन कार्की,प्रदिप केसी,सुरेन्द्र केसी,अनिल कार्की र बिमल कार्की को टिमले गत फाल्गुन १२ गते झिर्बासमा श्री हिमालय निम्न माध्यमिक विद्यालय को वार्षिक समाहरोहमा दोस्रो स्थान हासिल गर्‍यो ।

के बाइ सी युवा कल्ब यानी कराड्गतुड्ग युवा कल्बको अफिसियल टिममा गएका तिनै युवाहरूले यही फाल्गुन,१७ गते मुनाल युवा कल्बको बार्षिकोत्सब समाहरोहमा सान्तवना स्थान हासिल गर्दै ह्याट्रिक गर्ने दिशामा पुगेका छन् ।गत फाल्गुन,०८ गते पैयुपाटा युवा कल्बको बार्षिकोत्सब मा भएको सदभावना खेलमा पनि के बाइ सी क्लब विजयी भएको थियो । गाविस मै भलिबल क्षेत्रमा दुर्त विकास गर्ने श्रीजना युवा कल्ब धुँवाखोला र सहावहार युवा कल्ब छापचौर कै गतिमा कराड्गतुड्ग को भलिबल क्षेत्र ले प्रगति गर्न नसकेपनि पछिल्लो सुरुवात लाई गाँउले पनि सकरात्मक तथा उत्साहजनक प्रगतिको रूपमा लिएको छ ।

” अधिकांश समय विदेशी भूमिमा बिताउने युवाहरूले गाँउ  बसाइकै  बेलामा गरेको प्रगति उत्साहजनक छ ” भलिबल टिमकै हिस्सा बनेर नयाँ दिल्ली फर्किएका प्रकाश केसी भन्छन् । “साथी हरुको प्रगति लाई दिल्ली बाटै चिच्चयाएर भए पनि सपोर्ट गर्दैछौ हामी”कराड्गतुड्गका खेलाडी रहिसकेका दिलीप कार्की र विशाल सुबेदी भन्छन् । प्रगति एकै पटकमा ठुलो मिल्ने हैन सुरुवात राम्रो छ । कराड्गतुड्गको  भलिबललाई नयाँ उचाइ प्रदान गर्नुहोला हाम्रो पनि शुभकामना।