कपिलबस्तुमा सुपारी तस्करी शुरु, २ हजार केजी बढी सुपारी बरामद - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कपिलबस्तुमा सुपारी तस्करी शुरु, २ हजार केजी बढी सुपारी बरामद



कपिलवस्तु । केही महिना अघि सम्म रोकिएको ुसुपारी तस्करी कपिलवस्तुमा फेरी सुरु भएको छ । जिल्लाको कृष्णनगर क्षेत्रमा फेरी सुपारी तस्कारी सुरु भएको हो ।

तस्कारहरुले कृष्णनगर देखि पश्चिका नाकाहरुबाट तस्कारी सुरु गरेको स्रोतले जनाएको छ । प्रहरीले कडाई गरे पछि केही महिला अघि सम्म सुपारी तस्करी रोकिएको थियो ।

यसत्रैक्रममा राति २ बजे सिर्सिहवा नाकामा ३४ बोरा ( २ हजार ४० किलो ) सुपारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । युपी ५५ टी ०१०६ नम्बरको डिसिएम सहीत सो सुपारी बरामद गरिएको ईलाका प्रहरी कार्यालयका सई चन्द्र प्रसाद शर्माले बताए ।

तस्करहरुले कृष्णनगर नगरपालिका– ५ डुमही नाकाबाट सुपारी भारत तर्फ छिराई सकेको थिए , भारतीय एसएसबिले पिछा गरे पछि सिर्सिहवा नाका हुदै नेपाल तर्फ फर्काउनेक्रममा माल बरामद भएको स्रोतले जनाएको छ ।

स्रोत अनुसार सो माल पप्पु भन्ने तस्कर समुहको हो । बरामद भएको सुपारी र गाडी कृषनगर भन्सार चलान गरिएको सई शर्माले बताए । स्थानीय अनुसार गाडीमा थप ३० बोरा सुपारी रहे पनि आर्थिक लेनदेन पछि छाडिएको भरपर्दो स्रोतले जनाएको छ । तर सई शर्माले पक्राउ गरिएको सबै माल र गाडी भन्सार बुझाईएको बताए । ‘ हामीले पक्राउ गरे जति सबै सुपारी भन्सारमा बुझाएका हौ ’ उनले भने ।

एक बर्ष अघि सम्म एउटै समुहमा काम गर्ने सुपारी तस्करहरुको समुह अहिले भने बाडिएको छ । पक्राउ परेको सुपारी पप्पु भन्ने समुहको रहेको स्रोतले जनाएको छ ।

पहिला रिन्कु गुप्ता र पप्प समुह एक भएर कारोकार गर्थे । दुकै समुहले मौसम अनुसार ज्याकेट कम्मल, सुपारी दाल लगायतको मालहरुको तस्कारी गर्ने गर्छन । तस्करीमा दुबैले सेडिङ मिलाएर काम गर्ने गरेका छन । पुर्वबाट खरिद गरी ल्याएको सुपारी तस्कारहरुले कपिलवस्तुका कृष्णनगर र अन्य बजारमा गोदाम बनाएर राख्ने गरेका छन ।

त्यही माल जिल्लाका बिभिन्न नाकाबाट भारत लग्ने गरेका छन । प्रहरी नायब उपरिक्षक प्रहद अधिकारीले आफुलाई २० हजार ४० किलो सुपारी बरामद भएको खबर आएको बताए । उनले भारतीय एसएसबि समेत रहेकोले पक्राउ गरिउको माल जति सबै बुझाईएको बताए । सुपारीका बिषयमा आफुले थप बुझने उनले बताए ।