पुरातात्विक संरचना भेटियो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पुरातात्विक संरचना भेटियो



कपिलवस्तु । बाटो बनाउनेक्रममा कपिलस्तु नगरपालिका– ३ सिद्धार्थ टोलमा पुरातात्विक संरचना भेटिएको छ ।

आखा अस्पतालको छेउ देखि उत्तर तर्फ एक्साभेटरले बाटो खन्नेक्रममा सामेवार बिहान १० बजेतिर ईटाले बनेको पुरातातिवक संरचना भेटिएको स्थानीय गुखाखर गैरेले बताए । हुम बहादुर कुवर र मनोज श्रीवास्तवको जग्गामा बाटो बनाउनेक्रम ईटाका संरचनाहरु भेटिएको गैरेले बताए ।

फुटेका माटाका घैटाका टुक्राहरु समेत भेटिएका छन । संरचना बाटो र बाटोका पुर्व तर्फ फैलिएको छ । संरचना देवाल आकारमा रहेका छन । संरचना भेटिए लगत्तै बाटो निर्माण समेत रोकिएको छ ।
संरचना भेटिएकमो बिषयमा जानकारी पाए पछि तिलौराकोटमा उत्खननमा संलग्न पुरातत्व बिज्ञहरुको टोलीले समेत सो संरचनाको स्थलगत अनुगमन गरेका छन । पुरातत्व बिभागको प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवले आफुहरुले सिद्धार्थ टोलमा भेटिएको संरचनाहरुको निरीक्ष्ण गरेको बताए ।
‘ हेर्दा पुरानो ईटाहरु देखिन्छ, बिस्तृत कुरा अध्ययन गरे पछि मात्र थाहा हुन्छ ’ उनले भने ।

संरचना भेटिएको स्थलमा भु भौतिक सर्वे तथा फोटाहरु खिचिने उनले बताए । इतिहासबिद प्राध्यापक गितु गिरीले सो स्थल वरपर प्राचिन संरचना भएको उल्लेख गरेका छन । सो स्थलको किनार मै प्राचिन कुवा समेत रहेको छ ।

केही बर्ष अघि सो कुवामा प्राचिन बस्तुहरु समेत भेटिएको थियो । तर त्यस बारे कसैलाई जानकारी गराईएको थिएन । सो कुवा अर्झ पनि त्यहा छ ।