शौचालय नबनाएका प्रअ चौहानले धम्काए वास संयोजकलाई - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शौचालय नबनाएका प्रअ चौहानले धम्काए वास संयोजकलाई



कपिलवस्तु । सर नमस्कार तपाईले आप्नो घरमा किन शौचालय नबनाएको भनेर विद्यार्थी शिक्ष्ँकलाई सम्झाउदै गरेको भिडियो सार्वजनिक भएको केहि घण्टामा वास संयोजकलाई धम्की अँएको छ ।

कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं ४ मा रहेको रामनाँयण युसुफ मोहम्मद प्रावि बरगदीका प्रधानाध्यपक सुरेश चौहानले वास संयोजक अर्जुन बेल्वासेलाई गाली गालौज सहित धक्काएका छन ।

चौहानले सामाजिक सन्जाल फेसबुकबाट सुदन लक्की नाम गरेको फेसबुक आईबाट अपशब्दा प्रयोग गरी धम्काएका छन । वास संयोजक बेल्बासेले सहितको सरसफाई अभियानको क्रममा विद्यालयका प्र.अ चौहानको घरमा शौचालय नभएको भन्दै शौचालय बनाउन सुझाएका थिए ।

अभियानका क्रममा विद्यार्थीले प्रअ चौहानलाई शौचालय किन नबनाएको भन्ने भिडियो यु टयुवमा अपलोड गरेको अरोप लगाउदै बेल्बासेलाई धम्काएका हुन । कपिलवस्तु जिल्ला लाई ५ पटक मिति थप गर्दा सम्म पनि खुल्ला दिशा मुक्त घोषणा गर्न सकेको छैन । सरकारी कार्यलयमा काम गरी तलव खानेहरुले नै लापरवार्ही गर्दा यस्तो समस्या आएको वताइएको छ ।

कपिलवस्तुको विजयनगर गाउपालिकाले गाली गलोज गर्ने शिक्षकले प्रअ लाई कार्वाहीको दयरामा ल्याउने बताएको छ । यता जिल्ला शिक्षा कार्यालयले सरसफाई अभियानमा ऐक्यबद्धता जनाउदै प्रअ शिक्षकलाई कार्वाही गर्ने जनाएको छ ।