प्रदेश प्रथम कान्तिको विजयी र्याली - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रदेश प्रथम कान्तिको विजयी र्याली



बुटवल । बिगत लामो समयदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको यसक्षेत्रकै पुरानो बिद्यालय मध्ये एक मानिने कान्ति माध्यमिक बिद्यालयले यसपटक प्रदेश प्रथमको उपाधी हात पारेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट विसं.२०७३ मा माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा मुल्यांकनमा सामुदायिक विद्यालयतर्फ बुटवलको कान्ति मावि प्रदेशतर्फ उत्कृष्ट विद्यालय भएको हो । यसअघि २०७१ सालमा पनि कान्तिले पश्चिमान्चल प्रथम हुने अवसर प्राप्त गरेको थियो ।

प्रदेशमा उत्कृष्ठ भएर सरकारबाट शिल्ड, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गरेपछि कान्ति माबिले खुशियालीमा आज बुटवलमा विजयी उत्सव र्याली कार्यक्रम आयाृजना गरेको छ । शुक्रबार विद्यालय परिसरबाट निकालिएको ¥याली गोलपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क हुदै पुनः विद्यालय परिसरमा आएर समापन गरिएको थियो ।

कान्तिले प्रदेश प्रथम हुदै नगद १ लाख, राष्ट्रिय झण्डा प्राप्त गर्न सफल भएको थियो । विसं. २००८ सालमा स्थापना भएको विद्यालय यस क्षेत्रकै पुरानो मध्येको विद्यालयले समयसापेक्ष शैक्षिक योगदान दिदै आएको प्रधानाध्यापक गोबिन्द ज्ञवालीले बताए ।

विद्यालयमा बाल शिक्षा देखी १२ सम्म दुई हजार पाँच सय विद्यार्थीहरु र १ सय ८ जना शिक्षक कर्मचारी रहेका छन । एसईई परिक्षाका विद्यार्थीहरुलाई समेत आवासिय सेवा दिदै आएको उनले बताए । प्राविधिक शिक्षा अध्यापन गराउने धेरै प्रयास हुदा पनि स्वीकृत पाउन नसकेको छ ।

नमुना विद्यालयका रुपमा रहेको विद्यालय भएपनि अझै स्वीकृती पाउन नसकेको उनले बताए । गणेश जनता प्रावि तेजबिर सिहले शुरु गरेको विद्यालय गणेश जनता माविका रुपमा परिचित हुदै विद्यालय कान्ति भएर संचालन आएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले अग्रेजी माध्ययबाट समेत अध्ययापन र बस सेवाहरु संचालन हुदा सफलताहरु मिल्दै गएको उनले बताए । पुर्वाधारका हिसाबले समेत दुई चरणमा कक्षा संचालन गर्ने काम भएको उनले बताए । दुई विगाहा १६ कठ्ठा क्षेत्रफलमा रहेको आधुनिक सुविधा सम्पन्न भवनमा अध्ययापन हुदै आएको छ ।

कार्यक्रममा सहायक प्राचार्य चुडामणी पौडेल, पूर्णभद्र उपाध्याय, केदार ज्ञवाली, शिक्षक अभिभावक संघका अध्यक्ष नरेन्द्र दर्जी, सदस्य मिना ढकाल, शारदा बेल्बासे, कृष्ण अर्याल, शिक्षा पत्रकार कृष्ण मल्ल, बिद्यालयका सल्लाहकार हरिश ढकाल लगाएतले कान्तिले यसक्षेत्रको शैक्षिक बिकासमा खेलेको भुमिका बारे चर्चा गरेका थिए ।