कंडेलको निर्देशनमा हृदय जलाई (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कंडेलको निर्देशनमा हृदय जलाई (भिडियो सहित)



हिरा मोतीबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका दीपक कंडेल हाल जापानमा छन् । र जापानबाटै छोटो समय मै गीत सिर्जना मार्फत सबैको मन जितेका सर्जक दीपक कंडेलले निर्देशनमा हात हालेका छन् ।

यसो त दीपकका सिर्जनामा दर्जन भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् र कुनै गीत मा दीपकको अभिनय समेत देख्न पाहिन्छ आफैमा सर्जक मोडल र अहिले निर्देशन बनेका कंडेलले पहिलो पटक गरेको उनको काम छि भन्ने छैन ।

निर्देशनमा समेत न्याय गरेको कुरा कंडेलको निर्देशन को पछिल्लो गीत यो ह्रदय जलाई हेरे पछि थाहा हुन्छ । गीतको सम्पुण भिडियो जापानमा बनाइएको छ ।

गीतमा गङ्गा शर्मा र सुरेन्द्र प्रेमले अभिनय गरेका छन् । तेजश रेग्मीको लय शब्द सिर्जनामा रहेको सो गीतमा तेजश रेग्मी र कृष्णा परियारको आवाज रहेको छ गीतले माया प्रेमको विषय बस्तु बनाएको छ ।