कण्डमको ठाउँमा प्लास्टिक प्रयोग गरेपछि ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कण्डमको ठाउँमा प्लास्टिक प्रयोग गरेपछि ?



सम्भोगका क्रममा गम्भीर चोट लागेसँगै एक भियतनामी जोडी राजधानी हनोइको अस्पतालमा भर्ना भएका छन् ।

यौन सम्पर्क गर्दा यौनांगमा गम्भीर घाउ हुनुको कारण हो: उनीहरुको यौन सम्पर्क गर्दा कण्डमको रुपमा प्लास्टिकको झोलाको प्रयोग गरेका थिए ।

यौन सम्पर्क गर्न निकै मन लागेको तर कण्डम खरीद गर्न जान अति नै लाज लागेपछि उनीहरुले यौन सम्पर्क गर्दा गर्भ नरहोस् भनेर प्लास्टिकको झोला प्रयोग गरेका थिए । तर त्यसरी प्लास्टिकको झोला प्रयोग गरेर यौन सम्पर्क गर्दा उनीहरुको यौनांगमा बढि घश्रण हुँदा घाउका साथै रक्तश्राव पनि भएको बताइएको छ ।

भियतनामी पत्रिकाका अनुसार उनीहरुको यौनांगमा थप संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक दिएर उपचार जारी छ ।

डाक्टरहरुले कण्डमको रुपमा प्लास्टिकको झोला प्रयोग गर्नु निकै अवैज्ञानिक रहेको भन्दै प्लास्टिकको झोला निकै बाक्लो रहेको हुँदा यौन सम्पर्कको बेला यौनांगमा कोतरिएको तथा घाउ बनेको बताएका छन् ।

स्मरण रहोस् भियतनाममा यौन शिक्षा तथा चेतनाको निकै कमी छ । केही समयअघि गरिएको एक अध्ययनले यौन सम्पर्कको अनुभव संगालेका युनिभर्सिटीका अविवाहित विद्यार्थीहरुमध्ये केवल एक तिहाइले मात्र यौन सम्पर्कका क्रममा कण्डमको प्रयोग गरेको देखाएको थियो । २५ प्रतिशतले आफुलाई कण्डम किन्न निक्कै लाज लाग्ने बताए ।